राजविराजबाट काठमाडौँ जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बाँंङ्गेको घुम्तीमा शनिबार बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा सप्तरी जिल्लाका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि सो जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् । सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिएका छन् ।

यसैबीच उक्त बस दुर्घटनामा मृतकको संख्या ३० पुगेको छ । शनिबार साँझसम्म उद्धार कार्य जारी रहेको र मृतकमध्ये २० जनाको सनाखत भएको धादिङ प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ की ३५ वर्षकी सिसिपीकुमारी झा, वडा नंं ३ का ३८ वर्षका रञ्जितकुमार झा, वडा नंं १ का ३३ वर्षीय अञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका–२ का छ वर्षीय आदित्य यादव, सोही गाउँपालिका वडा नं. ३ की चन्द्ररेखा प्रणामी, सप्तरी नेरेयाका २४ वर्षीय रामान्द यादव, २५ वर्षीय पार्वती यादव र तीन वर्षीय सुशन चौधरी छन् । घटना र विचार मा खबर रहेको छ।

दुर्घटनामा मृत्यु भएका गाडी सहचालक सप्तरी देउरीमरुवाका नरेश मुखिया, राजविराज नगरपालिका–१६ का ७४ वर्षीय चन्द्रावती झा, सिरहा गोलबजार–८ का ५० वर्षीय राजकुमार यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको सनाखत भएको बताइएको छ ।

यसैगरी सप्तरी जिल्ला कृष्णबसरन गाउँपालिका–४ का २८ वर्षीय सुधिरा यादव, सोही स्थानका पाँच वर्षीया सदीक्षा यादव, सप्तरी बसेजका ३० वर्षीय सुरेन्द्र चौधरी, बोदेबर्सान गाउँपालिका–२ का अस्कीकुमारी यादव, राजविराज नपा–१३ का ऋषि आनन्ददेव, सिरहा नपाका ३० वर्षीय उदय मण्डल, सप्तरी महादेवा गाउँपालिका–९ की प्रमोद इसार, राजविराज नगरपालिका–१४ का २० वर्षीय आदित्य झाको सनाखत भएको छ । १० जनाको अझै सनाखत भएको छैन ।

सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रु बस नदीमा खसेर हराएपछि १५ जनाको उद्धार गरिएको थियो । घाइतेमध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अत्याधिक गतिका कारण बस दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah