झापाको कमल गाँउपालिकाका युवाहरुले तिहारमा देउँसीभैलो खेल्दा उठेको रकमले सार्वजनिक रुपमा प्रयोग गर्नका लागि धान काट्ने मेसिन खरिद गरेर उदाहरणिय काम गरेकाछन् ।
देउँसी–भैलोसहित सांस्कृतिक कार्यक्रमबाट संङकलित रुपैयाले गाउँमा धान काट्ने मेसिन (पावर ट्रेलर) खरिद गरेकाहुन् ।झापाको कमल गाँउपालिकाका युवाहरुले तिहारमा देउँसीभैलो खेल्दा उठेको रकमले सार्वजनिक रुपमा प्रयोग गर्नका लागि धान काट्ने मेसिन खरिद गरेर उदाहरणिय काम गरेकाछन् ।
देउँसी–भैलोसहित सांस्कृतिक कार्यक्रमबाट संङकलित रुपैयाले गाउँमा धान काट्ने मेसिन (पावर ट्रेलर) खरिद गरेकाहुन् । स्थानीय शान्ति युबा क्लबले आयोजना गरेको देउँसी–भैलोसहित सांस्कृतिक कार्यक्रममा संङकलित रकमबाट धान काट्ने मेसिन खरिद गरेको क्लवका अध्यक्ष मदन योङहाङले बताउनु भयो ।
कमल गाँउपालिकाको ४, ५ र ७ नम्बर वडाका युवाहरु मिलेर क्लवबाट रचानत्मक काम गर्दै आएका थिए । कृषि क्षेत्रबाट युवाहरु पलायन बन्दै गएको र गाँउघरमा अहिले पनि परम्परागत रुपमा कृषि ब्यवसाय हुदै आएकाले आधुनिकतातर्फ उन्मूख गराउन यो एउटा सानो कदम भएको क्लवका अध्यक्ष योङहाङले जानकारी दिनु भयो । अभिभावकहरुले बारम्बार धान काट्नका लागि मजदूर नभएको गुनासो गर्ने गरेको जनाउदै अब यसबाट मजदूर अभाव पनि टर्ने बताईएको छ ।
स्थानीय सामाजिक अगुवा दिपेन बाला राईले युबाहरुले चाडँपर्वको समयमा मनोरञ्जनसंगै–यस प्रकारको सामाजिक कार्य देखाएको भन्दै यसबाट अरुले पनि सिक्नु पर्ने बताउनु भयो । कृषि क्षेत्रबाट युवाहरु पलायन हुदै गरेको समयमा युबाहरुले कृषिमा आधारित प्रविधिलाई गाउँमा ल्याएर कृषिमा गाँउबासीलाइ प्रोत्साहन गर्नुले युवाहरुको कृषिप्रतिको सोच परिवर्तन हुदै गएको पाइनु भएको जनाउनु भयो ।
क्लवका कोषाध्यक्ष सुदिप राईका अनुसार धानकाट्ने मेशिन अर्थात पावर ट्रेलर खरिद गर्न २ लाख ३५ हजार खर्च भएको बताउनु भयो । आफूहरुले स्थानीयसंग छलफल गर्दा अत्यआवश्यकीय सामान खरिद गर्ने निर्णय भएको र आफूहरुले गाँउमा धान काट्ने मेशिन नै आवश्यक भएको ठहर गरेको उहाँको भनाइ रहेको छ । अहिले किसानहरुको धान काट्ने बेला पनि हो ।



