चर्चित पूर्व डिआजीको उम्मेदवारी निश्चित भएको छ । नेकपा एमालेले उनलाइ ललितपुर १ बाट उम्मेदवार बनाउने निश्चित भएको हो ।
शिर्ष नेताहरुको उम्मेदवारी टुंगो लाग्ने क्रममा उनको पनि टुंगो लागेको हो । सिलवाल शिर्ष नेताहरुको श्रेणिमा परेकाछन् ।स्थानीय कमिटीले उनको नाम केन्द्रमा सिफारीस गरेको थियो ।
सिलवालको नाममा सर्वसम्मत भएको जनाईएको छ । साँसद जितेको अवस्थामा सिलवाललाइ गृहमन्त्रीको रुपमा हेरिएको छ । बाम गठबन्धनबाट उम्मेदवार भएकाले र उनको गृह क्षेत्र भएकाले सिलवालले जित्ने आधारहरु यहाँ रहेको बताइन्छ ।



