दमक/राप्रपाको पकड मानिने झापाको दमकमा पहिरो गएको छ । राप्रपा र राप्रपा निकटका बिभिन्न भातृ संगठनहरुबाट २ सयभन्दा बढि नेता कार्यकर्ताहरु संघीय समाजबादी फोरममा प्रवेस गरेकाछन् ।
राप्रपाबाट केहि समय अघि राप्रपा प्रजातन्त्रिकमा गएका प्रविण चाम्लिङ दलबल सहित संघीय समाजबादी फोरमा प्रवेस गरेकाहुन् । उनले आफ्नो साथमा प्रकाश सुबेदी, खेमप्रसाद दाहाल लगायतका युवा नेताहरुलाइ समेत लगेकाछन् ।
फोरमका अध्यक्ष उपेन्द्र यादवले सदस्यता पत्र दिदै टिका र खादा लगाइदिएर उनिहरुलाइ प्रवेस गरेका थिए । फोरममा लिम्बुवान लगायतका अन्य पार्टी छाडेर समेत दर्जनौ प्रवेस गरेकाछन् ।
चाम्लिङले शनिबार प्रेस बिज्ञप्ति जारी गर्दै स्वतन्त्र बस्ने घोषणा गरेका थिए । स्वतन्त्र बस्ने घोषणा गरेको २४ घण्टा बित्न नपाउदै उनि फोरममा प्रवेस गरेकाहुन् । राजनीतिक रुपमा उनि चलाख ब्याक्तिको रुपमा स्थानीय स्तरमा चिनिन्छन् ।



