दमक/शुक्रबारदेखि झापाको बिर्तामोडमा जारी भएको कफ्यू अझै खुलेको छैन । कफ्र्यू कहिले खुल्छ ? सबैमा जिज्ञासा रहेको छ । हिजो भएको आठबुदे सहमति पछि कफ्यू खुल्ने अपेक्षा धेरै रहेको थियो । तर कफ्यू खुल्नको सट्टा अझ बढाइएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कफ्यू खोल्ने बिषयमा अहिलेसम्म कुनै टुंगो नभएको बताएकाछन् । अवस्था सामान्यकरण भएपछि कफ्यू खोलिने उनले बताए ।
आज साझसम्ममा कफ्यू खोलिने सम्भावानाको बिषयमा उनले भने–‘अहिलेसम्म कफ्र्यू जारी रहेको छ र खोल्ने बिषयमा तत्काल केहि निर्णय भइसकेको छैन ।’
बिर्तामोडमा तीनदिन अघि लगाइएको कफ्र्युका कारण त्यस क्षेत्रका जनजिवन प्रभावित बनेको छ । कफ्र्युका कारण बिर्तामोडका सडक सुनसान छ । पसल, यातायाताका सवारीसाधन, कलकारखाना, विद्यालय लगायत बन्द रहेको छ । यसले सर्वसाधारणलाई मार्का परेको छ ।



