झापाको बितर्नमोडमा लगातर तीनदेखि लागेको कफ्यू अस्थाइ रुपमा खुल्ने भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतवार ९ बजेदेखि बिहान ९ बजेसम्मका लागि कफ्र्यु खुला गरिएको जानकारी दिएकाछन् ।
उनले त्यसपछि कफ्यू जारी रहने जनाएकाछन् । प्रशासनले बिहान आन्दोलनकारीहरु सडकमा आएमा कफ्यू जारी राख्ने र नभए खुला गर्ने तयारी गरेको सुरक्षा श्रोतको भनाइ रहको छ ।
आक्रोश मत्थर भएपछि मात्र कफ्यु खोल्न सुरक्षा निकायका प्रमुहरुले प्रशासनसंग आग्रह गरेपछि तत्कालका लागि ११ घण्टाका लागि रातको समयमा कफ्र्यु हटाइएको बताइन्छ । प्रजिअ तिवारीले भने–‘अहिले ९ बजेदेखि बिहान ९ बजेसम्म कफ्यू खुला गरिएको छ ।’



