ललितपुर, १२ कात्तिक । दलीय दवावमा काम नगरेर प्रहरी प्रशासनको चेन अफ कमाण्ड कायम राख्ने अडानमा बसेका कारण अन्यायपूर्वक ढंगले आइजीपी बनाउनबाट रोकिएका नवराज सिलवाललाई नेकपा एमालेले ललितपुर १ बाट प्रतिनिधिसभाको लागि उम्मेदवार बनाएको छ ।

नेकपा एमालेको स्थायी कमिटि वैठकले सिलवाल लगायतको नाम टुंगो लगाएको हो । एमालेले दोश्रो चरणका लागि निर्वाचन लड्ने तयारी गरेका प्रतिष्पर्धिहरुमध्येबाट प्रजातन्त्रवादी गठबन्धनलाई परास्त गर्दै समाजवाद उन्मुख समृद्ध नेपाल निर्माणका लागि क्षमतावान् नेताहरुलाई प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाएको पार्टी उपमहासचिव विष्णु पौडेलले बताएका छन् ।

एमालेले डीआईजी सिलवाललाई सर्बसम्मत निर्णय गरेर शिर्ष नेता सरहको दर्जा दिएको छ । शीर्ष नेताहरुका निर्वाचन क्षेत्र मात्र सर्बसम्मत भएका थिए । कतिपय केन्द्रीय प्रभावशाली क्षेत्रहरुमा समेत माओवादी एमालेमा मतभेद देखिए पनि ललितपुर १ एमालेले लिने र त्यहाँ सिलवाललाई चुनाव लड्न दिने विषयमा दुई पार्टीबिचमा समेत उच्चस्तरको समझदारी बनेको थियो ।

ललितपुर १ मा नेपाली काँग्रेसबाट अर्थराज्यमन्त्री उदयसम्सेर राणा उम्मेदवार बन्दैछन् । राप्रपाका शक्तिशाली नेता केशरबहादुर विष्टको समेत साथ लिएर राणा चुनावी मैदानमा आउँदा बाम तथा प्रजातान्त्रिक गठबन्धनबीच चुनावी भीडन्त रोचक हुने विश्लेषकहरु बताउँछन् । दैनिक नेपालमा खबर रहेको छ।

राणा काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका पारीवारिक सदस्य (आरजुका भाई) पर्छन् । उनको टीमबाट लड्ने प्रदेश सभा सदस्यमा तरुण दलकै नेता मीनकृष्ण महर्जन र पुराना काँग्रेस नेता मथुराप्रसाद घिमिरे वा ऋषिराम घिमिरेको सेट बन्ने चर्चा छ ।

ललितपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्र ०७० को संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले विजय हासिल गरेको थियो भने स्थानीय तह निर्वाचनमा ललितपुर महानगर, गोदावरी नगरपालिका र बागमती गाउँपालिकामा विजय हासिल गरेको थियो । यद्यपि जिल्लामा पपुलर मतमा प्रजातान्त्रिक गठबन्धनभन्दा बाम गठबन्धन धेरै मतले अगाडि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah