आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी कार्यक्रम सुरु भइरहेको छ । समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाइएको छ भने मंसिर १० गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फका उम्मेदवारको पनि मनोनय दर्ता भइसकेको छ । साथै मंसिर २१ हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको पनि प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नाम पनि दलहरुले लगभग टुंग्याइसकेका छन् ।

उम्मेदवारहरुको नामावली हेर्दा यसअघि मन्त्री र व्यवस्थापिका संसद्का सदस्य भइसकेकाहरु प्रदेशसभा सदस्य पदका उम्मेदवार बनेका छन् । जसलाई भावी मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ । कतिपय नेताहरु आफ्नो इच्छामा प्रदेशसभा सदस्य पदका उम्मेदवार बनेका छन् भने अधिकांस भागबण्डा मिलाउने क्रममा प्रदेशसभा सदस्याका लागि उम्मेदवारी दिन बाध्य भएका छन् ।

प्रदेशसभा सदस्यका उम्मेदवार बनेका यी हुन् पूर्वमन्त्रीहरु :

 

१. शेरधन राई

वि.सं. २०५६ र २०७० सालमा नेकपा एमालेका तर्फबाट सांसद् र सभासद्मा निर्वाचित शेरधन राई केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सूचना तथा संचारमन्त्री भएका थिए । अहिले उनी संघीय व्यवस्थापिका संसद्को सदस्य छाडेर प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । नेता राईले भोजपुर–ख मार्फत प्रदेशसभामा उम्मेदवारी दिएका हुन् ।

२. महेन्द्रबहादुर शाही

२०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही ऊर्जामन्त्री जिम्मेवारी सम्हालिसकेका छन् । उनी अहिले विना विभागीयमन्त्री हुन् । तर, उनी पनि कालीकोट–ख बाट प्रदेशसभा सदस्य पदका लागि चुनावी मैदानमा छन् ।

३. जीवनबहादुर शाही

व्यवस्थापिका संसद्का सदस्यमा निर्वाचित हुँदै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बनिसकेका हुम्लाका कांग्रेस नेता जीवनबहादुर शाही पनि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । मंसिर १० गते प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचनमा हुम्ला–ख बाट उम्मेदवारी दर्ता गराएका छन् ।

४. पृथ्वी सुब्बा गुरुङ
नेकपा एमाले सचिव पृथ्वी सुब्बा गुरुङ संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बनिसकेका छन् । उनी पनि संघीय व्यवस्थापिका संसद्को सदस्य बन्न छाडेर प्रदेशसभा सदस्य पदका लागि चुनावी मैदानमा होमिएका छन् । नेता गुरुङले लमजुङ–ख बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

५. राजेन्द्र पाण्डे

नेकपा एमालेका नेता एमाले नेता राजेन्द्र पाण्डे २०४८ र २०७० सालमा भएको संसद् र संविधानसभा सदस्य पदमा निर्वाचित हुँदै पटक पटक मन्त्री भइसकेका छन् । प्रतिनिधिसभा छोडेर उनी पनि प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा आएका छन् । उनी धादिङ क्षेत्र नम्बर–१ (क) बाट उम्मेदवार बनेका छन् ।

६. राधिका तामाङ

माओवादीका तर्फबाट समानुपातिक सांसद् बनेकी राधिका तामाङ पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा कृषि राज्यमन्त्री बनेकी थिइन् । अहिल भने उनी प्रदेशसभा सदस्यको उम्मेदवार बनेकी छिन् । नुवाकोट–१ खबाट उनी चुनावी मैदानमा उत्रिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah