बिष्णुप्रसाद पोखरेल/दमक 

झापाको कमल गाँउपालिकाले गाँउपालिकामा निर्वाचित जनप्रतिनिधि, शिक्षक तथा यहाँ कार्यरत कर्मचारीहरु, र ब्यवस्थापन समितिका सदस्यहरुले अनिवार्य रुपमा सामुदायिक बिद्यालयमा आफ्ना छोरोछोरी पढाउनु पर्ने नीति पारित गरेको छ ।

सामुदायिक बिद्यालयप्रति विश्वास घट्दै गएपछि बिश्वास बढाउनका लागि यस्तो निर्णय भएको बताइएको छ ।  गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले प्रथम गाँउसभामा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम पारित हुने क्रममा यो पनि पारित भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो यसै आर्थिक बर्षदेखि लागु हुने जनाउदै यसले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न तथा घट्दो अविश्वसनियतालाइ कमी गर्न टेवा पुग्ने उदेश्य अनुरुप यस्तो निर्णय गरिएको काफ्लेको भनाइ छ ।

यसैगरी गाँउपालिकाले सबै सामुदायिक बिद्यालयहरुमा अग्रेजी माध्यामबाट पढाउनु पर्ने ब्यवस्था गरिएको छ गाँउसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काफ्लेले गाँउपालिकामा रहेका सबै बिद्यालयमा अग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराउने ब्यवस्था लागु गरिने बताइन् ।

सामुदायिक बिद्यालयका शिक्षकहरुलाइ मन्टेश्वरी तालिमको ब्यवस्था गरिने पनि उल्लेख गरिएको छ । यसले शिक्षामा सुधार आउने अपेक्ष लिइएको गाँउपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए।