१३ कात्तिक । नेपाल प्रहरीले लामो समयपछि ३०२ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा गरेको छ ।

पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहेका बेला ३०२ इन्सपेक्टरको सरुवा गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आवश्यकता अनुसार सरुवा गर्नु परेको भन्दै प्रहरी प्रधान कार्यालयले कात्तिक महिनादेखिको तलव सरुवा भएको कार्यालयबाट व्यवस्थापन गर्ने गरी आइतबार एकैपटक ३०२ इन्सपेक्टर सरुवा गरेको प्रहरी प्रधान कार्यालय मानवश्र्रोत विकास विभागले जनाएको छ ।