दमक/पुराना बामपन्थि कार्यकर्ता पदम पौड्याल काँग्रेसमा प्रवेस गरेकाछन् । कमल गाँउपालिकाको साविक तोपगाछीका पूर्व अध्यक्ष रहेका उनले कमल गाँउपालिकाको अध्यक्ष बन्ने सोच राखेका थिए । उनी लामो समयदेखि काठमण्डौ बसेका र स्थनीय राजनीतिबाट पलायन भइसकेको भन्दै उनलाइ एमालेले टिकट दिएन ।
निर्वाचनहरुको समयमा आउने गरेका उनि अधिकाश समय राजधानी बसेका र पार्टी कार्यक्रमहरुमा खासै सहभागिता नजनाएको एमालेका एक स्थानीय नेताको भनाइ रहेको छ । अहिले पनि उनि प्रादेशिकसभाको उम्मेदवार बन्न चाहान्थे । तर त्यो पार्टीले दिएन । प्रत्यक्ष र समानुपातिक दुबैमा उनको नाम आएन ।
उनले काँग्रेससंग टिकट पाए आउने भन्दै प्रवेसको वातवरण बनाइदिन आग्रह गरेको एक काँग्रेसका जिल्ला नेताले बताएकाछन् । उनलाइ तत्काल टिक दिइने सम्भावाना भने न्यून रहेको ति नेताले बताए । उनलाइ सामाजिक सञ्जालमा कतिले अवसरबादी भनेकाछन् भने कसैले कुनै अर्थ नरहने भन्दै आलोचना गरेकाछन् ।



