काठमाडौं, कात्तिक १३
एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले प्रदेश नम्बर ५ को मुख्यमन्त्री पद स्वीकार गर्नुभएको छ । लामो सोचाइपछि पोखरेलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश ५ को चुनावी कमाण्डर बन्ने निर्णय गरी मुख्यमन्त्री पद स्वीकार गर्नुभएको हो ।

मलाई प्रचण्डले प्रस्ताव गर्नुभयो, हाम्रो पार्टी एमालेको अध्यक्षको अनुहार हेरें, उहाँले झनै बल गरेर मुख्यमन्त्री बन्न आग्रह गर्नुभयो, केही दिनमा निर्णय दिउँला भनेको थिएँ, अव निर्णयमा पुगें, एमाले र माओवादी केन्द्रको चुनावी कमाण्डरको रुपमा प्रदेश ५ मा जान्छु

पोखरेललाई प्रदेश ५ को मुख्यमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रस्ताव गर्नुभएको थियो भने एमाले अध्यक्ष ओलीले समर्थन जनाउनु भएको थियो । एमाले नेता पोखरेलले आज प्रदेश ५ र काठमाडौंका केही सिमिति पत्रकारसँग भेट गरी प्रदेश ५ को मुख्यमन्त्री पद स्वीकार गरिएको घोषणा गर्नुभयो ।

‘मलाई प्रचण्डले प्रस्ताव गर्नुभयो, हाम्रो पार्टी एमालेको अध्यक्षको अनुहार हेरें, उहाँले झनै बल गरेर मुख्यमन्त्री बन्न आग्रह गर्नुभयो, केही दिनमा निर्णय दिउँला भनेको थिएँ, अव निर्णयमा पुगें, एमाले र माओवादी केन्द्रको चुनावी कमाण्डरको रुपमा प्रदेश ५ मा जान्छु,’ पोखरेलले आफ्नो निर्णय सुनाउनु भयो ।

 

उहाँले आफ्नो यो निर्णय निकै पीडादायी भएपनि प्रदेश ५ को संमृद्धिका लागि स्वीकार गरिएको प्रष्ट पार्नुभयो । प्रदेश ५ को मुख्यमन्त्री पद स्वीकार गरेको निर्णय सुनाउँदा पोखरेलको गला अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah