१४ कातिक २०७३ इटहरी / लिम्बुवानी नेता पदम अधिकारी सुनसरी ३मा संघीय समाजबादी फोरमबाट उम्मेद्वार बन्नुभएको छ। अधिकारी बाम गठबन्धनकी भगवती चौधरी र कंग्रेस गठबन्धनका बिजय गच्छदारको ठाउँमा उम्मेद्वार बन्नुभएको हो।

कानुनमा स्नातक र समाजशास्त्र र राजनीति शास्त्रमा गरेका अधिकारीले एमाले अनेरास्वबियुबाट राजनीति शुरु गर्नुभएको हो। ०४७ साल देखी ०५४साल सम्म एमालेको राजनीति गरेका अधिकारीले ०५४देखी ०५८ सम्म सहाना प्रधान नेतृत्वको नेकपा मालेको राजनीति गर्नुभयो। ०५८देखी ०६३ सम्म नेकपा माओबादीको राजनीति गर्नुभएका अधिकारी ०६४सालमा लिम्बुवान खस परिषद गठन गरेर लिम्बुवान आन्दोलनमा कृयाशिल हुनुभयो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सञ्जुहाङ्ग पालुंवा, रामभक्त कुरुङ्गवाङ्ग, बीर नेम्बाङ्गलाई अध्यक्ष बनाउँदै लिम्बुवान सम्बद्व पार्टीको महासचिव हुँदै पार्टीको नेतृत्व गर्नुभएका अधिकारी ०७१सालमा आफ्नै नेतृत्वमा लिम्बुवान मुक्ति मोर्चा गठन गरेर चर्चामा आउनुभयो। त्यसपछि भने उहाँ ०७२जेठ २९गते संघीय समाजबादी फोरममा पार्टी बिलय गराउँदै ससफोमा केन्द्रिय सदस्य हुनुहुन्छ।

मुद्वा एवं जेलजीवन

पञ्चायत बिरोधी आन्दोलनका क्रममा ०३९सालमा राजकाज अपराध मुद्वा खेपेका अधिकारी पुन ०४५सालमा राजकाज अपराध मुद्वा खेप्दै निर्वासनमा बस्नुभयो। यस्तै माओबादी द्वन्दको क्रममा ०५८सालमा ८३दिन आतंककारी घोषित हुँदै सुनसरीका बिभिन्न ठाउँका प्रहरी हिरासतमा रहनुभएको छ।

उम्मेद्वारी किन ?

लामो समयदेखि नेपाली राजनीतिमा रहेको जातीय, क्षेत्रीय, बर्गीय, बर्णीय, लैङ्गिक असमानताको अन्त्य गर्दै न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि कृयाशिल राजनीतिक जीवन बोकेकाले आँफुले सुनसरी ३मा उम्मेद्वारी दिएको नेता अधिकारीले पूर्वी खबरलाई बताउनुभयो।

उहाँले निर्वाचनमा जनताको बीचमा पार्टीले बोकेका बिचारहरुलाई स्थापित गर्दै जनताको पक्षमा बर्तमान सत्तलाई प्रयोग गर्न र माफियातन्त्रको राजनीति माथी जनताको राजनीतिलाई स्थापित गर्न आँफूले उम्मेद्वारी दिएको अधिकारीले बताउनुभयो।

उम्मेद्वारीको अर्थ

नेपालको राजनीति माफियाको हातमा गएको भन्दै अधिकारीले पैसा खर्च गरेर सांसद बन्ने अनि सत्ता र शक्तिको दुरुपयोग गरेर देश लुट्ने कुसँस्कृतीको उदाहरण बिजय गच्छदार रहेको भन्दै अधिकारीले त्यसो हुन नदिन उम्मेद्वारी दिएको बताउनुभयो। यस्तै लविमा बाम गठबन्धन पनि रहेकोले नैतिकता र लोकतन्त्रको संरक्षण गर्न आस्था र बिश्वासलाई सँस्थागत गर्न र बिचार लिएर जनताको बीचमा आस्थाको राजनीति स्थापित गर्न अनि लोकतन्त्रमा भ्रष्टाचारको बिरोधी जनमत सँस्थागत गर्न आँफुले उम्मेद्वारी दिएको अधिकारीको भनाई छ।

अधिकारीले नेपाली जनता भष्ट्राचार बिरोधी र दलीय कुरिती बिरोधी अभियानलाई साथदिने भएकोले आँफुलाई बिकास र शुसासनका लागि जनताले मतदान गर्ने र भ्रष्ट र आडम्बरीलाई पराजित गर्ने बताउनुभयो।

थारु बाहुल्य क्षेत्रमा पुराना थारु नेतासँगको प्रतिष्पर्धा

बिजय कुमार गच्छदार थारु नेता भएपनि उनि थारु कुलमा जन्मेका नेता मात्र रहेको आरोप लगाउँदै नेता अधिकारीले, गच्छदारले थारुलाई पुरानो सत्तासँग बिक्री गरेर थरुहट प्रदेशका लागि भएको आन्दोलनमा आफ्नै पार्टीका नेता लक्ष्मण थारुलाई जेलमा सडाएको आरोप लगाउनुभयो। उहाँले थारु आन्दोलनका क्रममा गच्छदारले अर्का नेता रेशम चौधरीलाई निर्वाषित जीवन जीउन बाध्य बनाएको भन्दै अरु २२जना थरुहट अगुवाहरुलाई आजपनि जेलमा षडाएको आरोप छ। यस्तै सयौँजना थारुलाई झुटा मुद्वामा फसाएको अधिकारीको आरोप छ।

आज थारु र मधेसलाई गद्वारी गर्दै पार्टी नै कंग्रेसमा बिलय गराउने गच्छदारलाई थारुको नाम लिने नैतिक अधिकारनै नभएको भन्दै अधिकारीले सुनसरी तीनमा ४०प्रतिशत थारु मतदाता रहेकोले आफ्नो पार्टीमा सो क्षेत्रका सयौ नेता कार्यकर्ता कृयाशिल रहेकोले आँफुले उम्मेद्वारी दिएको बताउनुभयो।

यस्तै बाम गठबन्धनमा पनि थारु नै उम्मेद्वार(भगवत चौधरी) भएकोले समग्रमा थारु मधेसी, आदिबासी जनजाती, मुस्लिम, पहाडी उत्पिडनमा परेका समुदायको मत आफुहरुको पार्टीलाई आउने अधिकारीको दावी छ। उहाँले जातीय मुक्तिका लागि संघीयता र बर्गीय मुक्तिका लागि समाजबादको राजनीतिक नारा साकार पार्न र संघीयता र समाजबादलाई सँस्थागत गर्न सुनसरी तीनका जनतामार्फत आँफु र आफ्नो पार्टी संघीय समाजबादी फोरम नेपाललाई स्थापित गर्नेमा आँफु बिश्वस्त रहेको अधिकारीको भनाई छ।