नयाँशक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले एमाले र माओवादीको चुनावी तालमेललाई भुसको वोराको संज्ञा दिएका छन् । प्रेश सोसाइटी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले माओवादी र एमालेको चुनावी गठवन्धन फलविनाको भुसको बोरा भएको आरोप लगाए ।

उनले भने ‘ वाम गठबन्धन भुसको बोरा हो ठूलो देख्दैमा त्यसमा काम लाग्ने कुरा हुदैन ।’ जनतामा ठुलो भएको भ्रम छर्न खोजे पनि वाम गठवन्धनले कुनै पनि फल नदिने भएकाले जनतालाई भ्रममा नपर्न उनले आग्रह गरे । वाम गठवन्धन पुर्व भ्रष्टाचारीहरुको गठवन्धन भएको उनको आरोप छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अधिकतम समय वाम गठवन्धनको विपक्षमा वोलेका नेता भट्टराईले एमाले र माओवादीबीच वाम गठबन्धनलाई कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको थाहा पाएपछि आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको तर, दुई पार्टीले नमानेपछि आफू गठबन्धनबाटै बाहिरिएको समेत जानकारी दिए ।

उनले भने,‘माओवादी र एमालेले बनाउने भनेको कम्युनिष्ट केन्द्र वैकल्पिक शक्ति बन्न सक्दैन ।’ वाम गठवन्धनसँग गोरखा २ र नयाँशक्तिलाई १५ सिट नदिएर गठबन्धन तोडेको आरोप गलत भएको दाबी गरे ।

कार्यक्रममा समय र परिस्थिती अनुसार चल्नुपर्ने राजनीतिक दलहरु पुरानै कम्युनिष्टको खोल ओडेर हिड्नु गलत भएको समेत उनको भनाई थियो । उनले भने ‘स्टालिनकालीन कम्युनिष्टको अब नेपाल मात्रै होइन विश्वमै कुनै पनि खालको औचित्य छैन ।’

आफू संयोजक रहेको नयाँशक्ति पार्टी वाम र लोकतान्त्रिक पार्टीको फ्यूजन भएको बताउँदै उनले दुवैलाई समदुरीमा राखेर अगाडि बढ्ने बताए । लोकतान्त्रिक गठबन्धनलाई अस्वाभाविक रुपमा लिन नहुने जिकिर गर्दै उनले भने, ‘नयाँशक्तिवाम पार्टी पनि