प्रगतिशिल प्राध्यपक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठ इकाइ कमिटी दमक बहुमुखि क्याम्पसले नेकपा एमाले र माओबादी केन्द्रबीच भएको चुनावी तालमेल तथा पार्टी एकिकरण गरेर एकिकृत कम्यूनिष्ट पार्टी बनाउने घोषणाको स्वागत गर्दै सबैसंग बाम गठबन्धनका उम्मेदवारलाइ जिताउन अपिल गरेको छ ।

मंगलवार दमक बहुमुखि क्याम्पसमा भएको संयुक्त भेलाले यस्तो अपिल गरेको हो । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय अध्यक्ष अखिलेश्वर दासको प्रमुख आतिथ्यमा भएको भेलामा नेपाल राष्ट्यि प्राध्यापक संगठनका इकाइ अध्यक्ष एमप्रसाद भट्टराइ, पब्लिक क्याम्पस प्राध्यापक सघ नेपालका केन्द्रिय सदस्य डिबि थापा र डिल्लिराम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक क्याम्पस प्रमुख उत्तमप्रसाद भट्टराइले शुभकामना मन्तब्य राखेको भेलाको सञ्चालन बिष्णु न्यौपानेले गरेका थिए भने सभापतित्व प्रगतिशिल प्राध्यापक संगठनका इकाइ संयोजक कमलप्रसाद वस्तीले गरेको भेलामा सहभागि समिर दाहालले जानकारी दिएकाछन् ।