काठमाण्डौ । माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेलगत्तै सो पार्टीको भातृसंगठनले सरकारको सो कदमविरुद्ध कडा आपत्ति जनाएको छ । सो पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) ले आपत्ति जनाएको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै वाइसिएलले पक्राउ परेका नेता ढुंगेलको तत्काल रिहाइ नगरे कांग्रेस र राप्रपाका नेताविरुद्ध मुद्धा हाल्ने चेतावनी दिएको छ । छलफल ड्ट कममा खबर रहेको छ।

देश संविधान कार्यान्वयन अन्तर्गतको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीमा रहेका बेला सरकारले चालेको यो कदमले आश्चर्य चकित पारेको विज्ञप्तिमा जनाइएको छ । सरकारको यो कदमले द्धन्द्धकालका गम्भीर घटनामा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हेरिने भन्ने बृहत शान्ति सम्झौताको उल्लंघन भएको ठहर गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो संगठनले देश निर्वाचनमा होमिएको बेला सरकारको यो कदम निर्वाचन भाँड्ने षडयन्त्रस्वरुप भएको समेत जनाएको छन् । संगठनका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ढुंगेलको मुद्धालाई आयोगमार्फत हल गर्न र उनलाई तत्काल रिहाई गर्न समेत माग गर्दै निर्वाचन भाँड्न गरिएको षडयन्त्रप्रति चनाखो र सचेत हुन समेत आम युवाहरुमा अपिल गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्धन्द्धकालीन मुद्धाहरु व्युँताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्धा दायर गर्ने पहलकद्मी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई निर्देशित गर्दछ ।’