काठमाडौ :  करिब एक महिनादेखि राजिव गुरुङ (दीपक मनाङे) मनाङमा छन्। उनी चुनाव प्रचार प्रसारमा तिव्र लागेका छन्।

नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दिएका मनाङेको दैनिक नै अहिले गाउँगाउँ पुगेर भोट माग्ने रहेको छ। उनले हामीसँगको कुराकानीमा भने,‘अहिले म बृद्धबद्धा र आमसर्वसाधरणसँग छलफल र बैठकमा जुटेको छु।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार उनी माथिल्लो मनाङ पुगेका  थिए। हिउँदको समयमा गुम्बामा बसी धर्मकर्म गर्नेहरुलाई भेट्दै मनाङेले उनीहरुसँग मनाङको धार्मिक तथा कला संस्कृतिकाबारेमा छलफल गरेको बताए। उनले भने, ‘मलाई मनाङका जनताले मनपराएर उम्मेद्वार बनाएका हुन्। मलाई मतदाताले समर्थन गरेका छन्।’

मनाङेले स्वतन्त्रमा उम्मेद्वारी दर्ता गरेपछि मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का एमाले उम्मेद्वार खण्डा लामाले उम्मेदवारी फिर्ता लिएका थिए।