झापा : झापा क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली उम्मेदवार बन्दै छन् । तर, कांग्रेसले अझै उनका प्रतिस्पर्धी उम्मेदवार छान्न सकेको छैन ।

अध्यक्ष ओलीसँग कांग्रेस नेताहरु केही पनि प्रतिस्पर्धा गर्न तयार नभएपछि कांग्रेसलाई सकस भएको हो ।

युवा नेता विश्वप्रकाश शर्माले ओलीसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएका थिए ।

तर, उनी झापा क्षेत्र नं. १ मा जाने भएका छन् । उनले चर्चाका लागि मात्रै उम्मेदवारी घोषणा गरेको कांग्रेसका नेताहरु नै बताउछन् । नयाँ पेज मा खबर रहेको छ।

यसअघि वाम गठबन्धनबाट झापा.१ मा माओवादीका राम कार्की उठ्ने टुंगो लागिसकेको छ ।

झापा–५ बाट कांग्रेस नेता केशवकुमार बुढाथोकी, डा. खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम सिफारिस गरिएको छ । कांग्रेसका एक नेताका अनुसार कांग्रेसले महाधिवेशन प्रतिनिधि राजन ढुंगानालाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ । ओलीसँग प्रतिस्पर्धा गर्न बुढाथोकी आउन सक्ने सम्भावना पनि छ । बुढाथोकी दोस्रो संविधानसभाको निर्वाचनमा झापा–५ बाट निर्वाचित भएका थिए । उनी निर्वाचित क्षेत्र हाल क्षेत्र नम्बर ४ मा पर्छ ।

राप्रपाले भने केन्द्रीय सदस्य लक्ष्मी संग्रौलाको नाम झापा–५ बाट सिफारिस गरेको छ । तर, पछिल्लो निर्णयअनुसार राप्रपाले झापा–३ बाहेकका अन्य क्षेत्रमा वाम गठबन्धनलाई सघाउने भएको छ । यस क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६ र गौरादह नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ पर्छ ।

स्थानीय तहमा यस्तो छ नतिजा
गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकामा कांग्रेससँग मतबराबर भएपछि एमाले गोला तानेर विजयी भएको थियो । गौरीगन्ज गाउँपालिकामा भने राप्रपा विजयी भएको थियो ।

हाल झापा–५ मा परेको गौरीगन्ज–३ र ६ मा कांग्रेस, ४ मा माओवादी केन्द्र र ५ मा एमाले विजयी भएको थियो । गौरादहमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । गौरादह–१, ३, ४, ५, ७ र ८ मा एमाले तथा २ र ६ मा कांग्रेस विजयी भएको थियो ।

स्थानीय तहको निर्वाचनमा एमालेले सहजै जित निकालेको दमक नगरपालिकामा मात्रै हो । दमक नगरपालिकामा एमाले भारी मतले विजयी भएको थियो ।

दमक–१ र सातबाहेक अन्य आठवटै वडामा एमालेले जितेको थियो । दमकमा तेस्रो भएको माओवादी पनि वाम गठबन्धनमा भएकाले ओलीले सहजै बाजी मार्ने गठबन्धनका नेता बताउँछन् ।x

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah