(समाचार टिप्पणी)

ढुंगेल पछिल्लो ८ वर्ष प्रहरीको आमनेसामने खुलेआम घुमिरहेका थिए । कतिपय अवस्थामा त उनले प्रहरी प्रमुखहरुसँग एउटै मञ्च पनि शेयर गरेका थिए । प्रधानमन्त्री, मन्त्री र सभासदहरुसँग उनी देखिन्थे । तर पनि त्यतिबेला प्रहरीले उनलाई देख्न सकेन । तर, अहिलेसम्म नदेखेझैं गरेको प्रहरीले खोज्नासाथ ढुंगेल भेटिए ।

पूर्वसांसदसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल मंगलबार बिहान फिल्मी शैलीमा पक्राउ परे । बिहान ११ बजे ललितपुरको सातदोबाटोस्थित डेराबाट पक्राउ परेका ढुंगेललाई प्रहरीले मंगलबारै जेल पनि हाल्यो । आवरणमा बालकृष्ण ढुंगेलको पक्राउ देखिए पनि यो खेलभित्र धेरै कुरा लुकेका छन् । दैनिक नेपाल मा खबर रहेको छ।

किनकी सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सुनाएको ८ वर्षपछि मात्रै ढुंगेल पक्राउ परेका हुन् । यसअघि नै २०५५ सालदेखि २०६३ बीचमा उनले सात वर्ष जेल सजाय भोगिसकेका छन् । ६३ सालमा उनलाई पुनरावेदन अदालत राजविराजले सफाई दिएको थियो । २०६६ सालमा सर्वोच्चले पुनरावेदन अदालतको फैसला बदर गर्दै उनलाई पुनः जेल सजाय सुनाए पनि ढुंगेल फरार थिए । जन्मकैद पाएर ७ वर्ष जेल बसेपछि ढुंगेल पछिल्लो ८ वर्ष प्रहरीको आमनेसामने खुलेआम घुमिरहेका थिए । कतिपय अवस्थामा त उनले प्रहरी प्रमुखहरुसँग एउटै मञ्च पनि शेयर गरेका थिए । प्रधानमन्त्री, मन्त्री र सभासदहरुसँग उनी देखिन्थे । तर पनि त्यतिबेला प्रहरीले उनलाई देख्न सकेन । तर, अहिलेसम्म नदेखेझैं गरेको प्रहरीले खोज्नासाथ ढुंगेल भेटिए । प्रहरीले चाहँदाखेरी उनलाई जतिबेला पनि पक्राउ गर्न सक्थ्यो भन्ने कुरा मंगलबारको उनको गिरफ्तारीले देखाएको छ । तर, किन प्रहरीले पक्राउ गरेको थिएन त ? कारण ढुंगेललाई छुँदा आफ्नै पद नै हल्लिने डरमा यसअघिका सबै मन्त्री र प्रधानमन्त्री थिए ।

पीडित परिवारले यो बीचमा कस्लाई गुहार्न बाँकी राखेको थियो र ! हरेकजसो प्रधानमन्त्री र गृहमन्त्री, प्रहरीका हाकिमसँग उज्जनकुमार श्रेष्ठको परिवार धाएको थियो । तर, संयोग यस्तो बनिदियो कि माओवादी सम्मिलित काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नै उनलाई पक्राउ गर्यो । माओवादीसँगको कचकच बढिरहेका बेला देउवाले मंगलबारको साइत निकालेका हुन् ।

नेपाल प्रहरीका बहालवाला प्रमुख (आइजीपी) प्रकाश अर्याललाई तिर बनाएर काँग्रेसले माओवादीसँग नमिठो बद्ला लिएको छ ।

नेपाल प्रहरीका बहालवाला प्रमुख (आइजीपी) प्रकाश अर्याललाई तिर बनाएर काँग्रेसले माओवादीसँग नमिठो बद्ला लिएको छ । अहिलेसम्म कानमा तेल हालेर बसेका आइजीपी अर्यालविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट हालेपछि उनी पनि तात्तिन बाध्य बने । रोचक कुरा के छ भने अधिवक्ता त्रिपाठी काँग्रेसका एक क्रियाशिल सदस्य हुन् । त्यति मात्रै नभई उनी २०७० सालको संविधानसभा निर्वाचनमा चुनाव उठेर हारेका पात्र पनि हुन् । काँग्रेससँगको सहमति बिर्सेर एमालेसँग साइनो गाँस्न पुगेको माओवादीलाई काउण्टर गर्ने खेलमा उनी गतिलो पात्र बनेका छन् ।

कात्तिक १ गते जब प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई पदमुक्त गरी बिनाविभागिय बनाए, त्यतिबेला नै उनले माओवादीसँगको एक तहको आक्रोश पोखेका थिए । न्यायालयलाई प्रयोग गरेर माओवादीलाई गरिएको यो आक्रमण ठ्याक्कै ठाउँमै लागेको छ । यो प्रकरणले माओवादीमा शान्ति सम्झौताको आडमा बसेका अरु दोषीहरुलाई पनि पक्रनको लागि ढोका खुलेको छ । त्यसकारण पनि अब अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण तथा नेत्रविक्रम चन्द विप्लवहरु जस्ता थुप्रै युद्धअपराधमा मुछिएकाहरुले चैनको स्वास फेर्न पाउने छैनन् ।

ढुंगेल सशस्त्र विद्रोहका एक पात्र पनि भएकाले हालसम्म विस्तृत शान्ति सम्झौताको आडमा खुलेआम घुमिरहेका थिए । माओवादीले ढुंगेलको विषयमा कुरा उठ्दा विस्तृत शान्ति सम्झौता कोट्याउने गरेको थियो । सशस्त्र विद्रोहको समयमा भएका सबै घटनालाई शान्ति सम्झौताअन्तर्गत समेटिनुपर्ने माओवादीको अडान थियो । माओवादी केन्द्र र काँग्रेसको बीचमा हुने सहमतिमा यो कुरा बार्गेनिङको विषय बन्ने गरेको थियो । यसकारण पनि प्रहरी ढुंगेललाई पक्रन खुट्टा कमाइरहेको थियो । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा ढुंगेल ओखलढुंगाका काँग्रेसका निवर्तमान सांसद रामहरि खतिवडासँगै फोटो शेशन गरिरहेका थिए । फरार रहेका ढुंगेल र काँग्रेसकै सांसदको फोटो शेशन चलिरहँदा सरकारमा भने काँग्रेसकै गृहमन्त्री विमलेन्द्र निधि थिए । त्यतिबेला बालकृष्ण ढुंगेल कहिल्यै पनि न निधिको प्राथमिकतामा पर्यो, न काँग्रेसको । त्यतिबेला हप्ता दिनमै पक्राउ गर्नु भन्ने सुशीला कार्कीको आदेश न गृहमन्त्री निधिले कार्यान्वयन गरे, न प्रहरी प्रमुखले नै तत्परता देखाए । त्यतिबेला प्रधानमन्त्री हुने पर्खाइमा रहेका देउवाले त झन् ढुंगेललाई पक्राउ गर्न गृहमन्त्रीलाई आदेश दिने कुरै भएन ।

केही महिना अघि काँग्रेसका ओखलढुंगाका तत्कालिन सांसद (अहिलेका उम्मेदवार) रामहरि खतिवडासँग ढुंगेल

तर पछिल्लो घटनाक्रमले माओवादी र काँग्रेसको सम्बन्धमा जुन दरार उत्पन्न भयो त्यसको घानमा ढुंगेल परेका हुन् भन्ने प्रष्टै देखिएको छ । गृहमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको यो कदम माओवादीप्रतिको प्रतिशोधको परिणाम हो । ढिलै भएपनि सरकारले सर्वोच्चको फैसलाको कार्यान्वयन त गरेको छ तर यो के उद्देश्यका लागि गरियो भन्ने विषय महत्वपूर्ण हुन्छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आउन ठीक २६ दिनअघि काँग्रेसको यस्तो आक्रमक कदम आउनु उसको चुनावमा प्रभाव पार्ने रणनीति छर्लंगै देखिन्छ ।
देउबाको यो कदमले माओवादी मात्रै नभई वाम गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड आफ्नै पार्टीका नेता ढुंगेलको बचावटमा लाग्ने या चुनावी तयारी गर्ने भन्ने दोसाँधमा छन् । ढुंगेलको बचावटमा लाग्दा चुनावमा पक्कै पनि प्रभाव पर्नेछ र बचावट नगर्दा उनी स्वयम् लगायत अन्यलाई पनि निकै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ । भलै प्रचण्डले परिस्थितिलाई बुझ्दै संयमता अपनाएका छन् । जसले उनीप्रति सहानुभूति बढेको छ । गठबन्धनको साझेदार माओवादी समस्यामा फस्दा एमालेलाई पनि त्यति सजिलो भने भएको छैन । माओवादीसँग पार्टी एकताको समेत घोषणा गरिसकेको एमालेले यो प्रकरणमा माओवादीलाई साथ दिनुपर्ने हुन्छ । तर, दुबै पार्टीका नेताहरुले संयमता अपनाएको देखिएको छ ।

झट्ट हेर्दा अदालतको फैसला कार्यान्वयन देखिए पनि देउवाले निकै चलाखीपूर्वक ढुंगेललाई जेल कोचेका छन् । ढुंगेलका पछाडि बामगठबन्धनविरुद्ध हैवा पिट्ने र माओवादीसँग प्रतिसोध साँध्ने प्रष्टै चित्रहरु देखिन्छन् ।

झट्ट हेर्दा अदालतको फैसला कार्यान्वयन देखिए पनि देउवाले निकै चलाखीपूर्वक ढुंगेललाई जेल कोचेका छन् । ढुंगेलका पछाडि बामगठबन्धनविरुद्ध हैवा पिट्ने र माओवादीसँग प्रतिसोध साँध्ने प्रष्टै चित्रहरु देखिन्छन् । राजनीतिक सौदाबाजीको गोटी बने पनि सर्वोच्चको फैसला कार्यान्वयन गर्ने पक्ष भने स्वागतयोग्य छ । किनकी उनी एकदिन जेल जानै पर्दथ्यो । अदालतले डामिसकेपछि लुरुलुरु जेल जानुबाहेक अरु विकल्प ढुंगेलसँग थिएन् । तर, उनी आफ्नै जिद्दीले गर्दा भुमरीमा परिरहेका थिए । संक्रमणकालको फाइदा उठाउँदै गम्भीर अपराधमा संलग्नहरुले छुट पाइरहेका छन् । २३ जनालाई जिउँदै जलाएको अभियोगमा सर्वोच्च अदालतले हिरासतमा लिएर कारबाही अघि बढाउनु भनी आदेश दिएका काँग्रेसकै पूर्वमन्त्री अफताब आलम अहिले पनि राजनीतिक आवरणमा खुल्लेआम हिडिँरहेका छन् । आलम जस्ता दर्जनौं पात्रहरुलाई कानुनी कठघरामा उभ्याउने देउवाले हिम्मत गर्लान त ? कि वामगठबन्धनलाई भत्काउने दाउमा ढुंगेल जस्ता पात्रहरुको मात्र खोजी गर्लान ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah