दमक, १६ कात्तिक । मनोनयन दर्ताका लागि गृहनगर झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उत्साहित देखिएका छन् ।
बिहीबार बिहान विराटनगर बिमानस्थल हुँदै दमक पुगेका ओलीलाई कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । ओली झापा ५ बाट चुनाव लड्दैछन् ।
यसअघि ओलीसँग चुनाव लड्ने भनी चर्चा कमाइरहेका काँग्रेस नेता विश्वप्रकाश शर्मा झापा १ मा पुगेपछि ओलीसँग लड्ने ‘हेभीवेट’ नेताको काँग्रेसमा खडेरी परेको छ ।
काँग्रेसले काठमाडौँको त्रिचन्द्र कलेजमा प्राध्यापन गरिरहेका डा. खगेन्द्र अधिकारीलाई ओलीविरुद्ध मैदानमा उतार्ने तयारी गरेको छ । डा अधिकारीले टिकट पाउने लगभग निश्चित भएलगत्तै कलेजमा राजीनामा बुझाइसकेका छन् ।

साँढे १७ वर्षको प्राध्यापन पेशा छाडेर उनी पूर्वप्रधानमन्त्री ओलीविरुद्ध लड्न झापा छिरेका छन् ।



