नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको आकस्मिक बैठकले हिजो बढाइएको इन्धनको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ । बढेको मूल्य फिर्ता भएसँग पुरानै मूल्यमा इन्धन पाइने भएको छ ।
निगम सञ्चालक समितिका अध्यक्ष तथा आपुर्ति सचिव कृष्णप्रसाद देवकोटाका अनुसार बिहीबार विहान १० बजेदेखि लागू हुनेगरी पुरानै मुल्यमा इन्धन खरिद-बिक्रि गर्नु पर्ने छ । अब निर्वाचन अवधिभर इन्धन नबढ्ने उनले बताए ।नयाँ पत्रीकामा खबर रहेको छ।
नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ ५० पैसाका दरले मूल्य बढाएको थियो । यसैगरी खाना पकाउने एलपी ग्यासमा सबैभन्दा धेरै प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो ।



