लमजुङ, कात्तिक १६

प्रहरीले १७ केजी सुन सहित लमजुङबाट एक युवकलाई प्रक्राउ गरेको छ । झोलामा राखेर मोटरसाइकलबाट आउदै गरेको युवालाई प्रहरीले मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट पक्राउ गरेको हो ।

मनाङ तर्फबाट मोटरसाइकल मार्फत आउदै गरेको ति युवा प्रहरीको चेकिङ देखेपछि मोटरसाइकल रोकेर भागेका थिए । प्रहरीले ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो ।

डीएसपी पदमबहादुर विष्टका अनुसार १७ थान सुन समातिएको बताउदै यसबारेमा केही बेरपछि थप विवरण दिने जानकारी दिनुभयो । प्रक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ रहेका छन् । उनले सुन बोक्न प्रयोग गरेको बा ५८ प ४२९१ नम्वरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

खुदी सदरमुकाम बेंसीसहरबाट करीब ७ किलोमीटर उत्तरतर्फ मनाङ जाने बाटोमा पर्छ । सुनलाई तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah