नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पूर्व गृहमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् । जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट टिकट मागेका थिए ।
तर कांग्रेसले बरिष्ठ नेता पौडेललाई टिकट दिएपछि जोशीले बागी उम्मेदवारी दिएका हुन् । पार्टीले स्थानीय कार्यकर्ता र जनताको भावना विपरित रामचन्द्र पौडेललाई टिकट दिएकाले आफू स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएको जोशीले बताए ।
जोशीले यसअघि सो क्षेत्रमा आफ्नो उम्मेदवारी दावी गर्दै दमौलीमा प्रदर्शन समेत गरेका थिए । जोशीको उम्मेदवारी दर्ताअघि सम्पर्क कार्यालयमा उनका समर्थक कांग्रेस कार्यकर्ताहरु जम्मा भएका थिए ।साझामन्चमा खबर रहेको छ।
जोशीले कांग्रेसको चारतारे झण्डा सहित जुलुस लिएर उम्मेदवारी दर्ता गराएका छन् ।



