पूर्व डिआइजी नवराज सिलवालले न्यायका लागि निर्वाचनमा आफूले उम्मेदवारी दिएको बताएका छन् ।

ललितपुर जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दिएपछि पत्रकारहरूसँग कुरा गर्दे सिलवालले अन्यायमा परेकाहरूका लागि न्याय दिने कार्यमा आफू लाग्ने हुदाँ जनताले पनि आफूलाई न्याय दिने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न्यायको लडाईमा जनताको साथ आफूलाई रहनेमा विश्वस्त भएको उनले बताए।

निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट वाम गठबन्धनबाट उनी उठ्दैछन् । प्रहरी सेवाबाट अलग भएपछि उनी एमालेमा प्रवेश गरेका थिए।