झापामा बामगठबन्धमा राप्रपामा सहभागि भएको प्रति काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आश्चर्य ब्यक्त गरेकाछन् । उनले यो गठबन्धनले आफू आश्चर्य चकित भएको जनाए ।
उनले उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै यसको जवाफ जनताले दिने भन्दै धेरै बोल्न चाहेनन् । उनले आफू बिरुद्ध मोर्चाबन्दि भएपनि त्यसको जवाफ जनताले दिने भएकाले निर्वाचन परिणामसम्म कुनु पर्ने जनाए ।
सिटौलाले अहिलेसम्मको परिवर्तनमा काँग्रेसको नै महत्वपूर्ण भूमिका भन्दै यो जनताले बुझिसकेको जनाए । उनले निर्वाचनले अहिलेसम्मका परिवर्तन संस्थागत हुने पनि बताए ।



