काठमाडौं । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्रमा बिहीबार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मनोनयन दर्ता भएको छ ।

बिहीबार बेलुका ६ बजेसम्म आयोगमा प्रतिनिधिसभाका लागि ५२२ र प्रदेशसभाका लागि ८८३ गरी १ हजार ४०५ जनाको उमेदवारी दर्ता भएको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाह्रखरीलाई प्राप्त उमेदवारको सूची अनुसार कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकका उमेदवार एकतर्फ छन् भने एमाले, माओवादी, चार ठाउँमा स्वतन्त्र उमेदवार, प्युठानमा राष्ट्रिय जनमोर्चाका उमेदवारलाई कम्युनिष्ट गठबन्धनले सघाएको छ ।

त्यसैगरी झापा क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिंग्देललाई कम्युनिष्ट गठबन्धनले सघाउने भएको छ भने सुनसरी १ मा संघीय समाजवादीका अशोक राईलाई कांग्रेसले सघाउने भएको छ ।

विशेषगरी १, २ र ५ नम्बर प्रदेशमा गठबन्धन गरी उमेदवारी दिएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी–नेपालका उमेदवारको सूची प्राप्त भएको छैन ।