काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना विरुद्ध बागी उठेका गोविन्दराज जोशीको उम्मेदवारी खारेजी हुनु पर्ने भन्दै उजुरी दिएका छन्।

पौडेलले शुक्रबार तनहुँ निर्वाचन क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दायर गरेका हुन्। आफ्नो विरुद्ध उम्मेदवार बनेका जोशी भ्रष्ट्राचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भैसकेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ घ अनुसार उनको उम्मेदवारी खारेज हुनुपर्ने पौडेलको माग छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विशेष अदालतले २०७४ साउन १० गते जोशीलाई दोषी ठहर गरेको थियो।

कांग्रेस नेता तथा पूर्वमन्त्री जोशी तनहुँ १ मा पौडेललाई टिकट दिइएपछि रुष्ट हुँदै बागी उम्मेदवार बनेका थिए।