झापाको दमक नगरपालिका-९ शान्तिचौक बस्ने ५९ बर्षिय बिदुर मोतेको शुक्रबार आफ्नै श्रीमतीको कुटाइबाट ज्यान गएको छ । प्रहरीका अनुसार दुबैजना मादक पदार्थ सेवन गरेको र झगडा गर्दा घटना भएको प्रारम्भिक रुपमा देखिएको छ ।
४८ बर्षिया श्रीमती सानुमाया मोतेले मादकपदार्थ सेवन गरेर कुटपिट गरी मारेको भन्ने सुचना विहान ६ बजे इलाका प्रहरी कार्यालय दमकमा प्राप्त भएपछी घटनास्थलमा प्रहरीको टोली खटिगई कुटपिट गर्ने सानुमाया मोतेलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरेहको उक्त कार्यालयले जनाएको छ।



