माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नयाँशक्तिका संयोजक बाबुराम भट्टराईले गोरखाली जनतालाई भ्रम, धोका र झुठा कुरामात्र सुनाएको आरोप लगाएका छन्।

भट्टराई आफूविरुद्ध व्यक्तिगत गालीगलौजमा उत्रिएपछि ‘जस्तालाई त्यस्तै’ शैलीमा प्रस्तुत हुँदै श्रेष्ठले आफूलाई पनि भट्टराईविरुद्ध केन्द्रित गरेका हुन्।

भट्टराईले बिहीबार बारपाकमा ‘नारायणकाजी माओबादी होइनन् किन खोल ओढेका छन्, मैले बुझेको छैन’ भनेका थिए।

भट्टराईको गृहनगर पालुङटार–१ खोप्लाङमा आज भएको चुनावी घर दैलोका क्रममा श्रेष्ठले प्रश्न गरे, ‘बाबुरामजीले गोरखाली जनतालाई लाटा ठान्नुभएको हो?’

श्रेष्ठले बिकास निर्माण चाहने गोरखाली जनताले अब बामपन्थी गठबन्धनलाई भोट दिने दावीपनि गरे।

उनले भने, ‘एक त बाबुरामजीले जित्दै जित्नुहुन्न। झुक्किएर बाबुरामजीले जित्नुभयो भने उहाँ हुने भनेको स्वतन्त्र सांसदमात्र हो।’

समानुपातिकतर्फबाट राष्ट्रिय पार्टी हुन चार लाख भोट चाहिने बताउँदै श्रेष्ठले स्थानीय चुनावमा ७६ हजार मतमात्र ल्याएको नयाँ शक्तिको ठूलो हिस्सा माओबादी केन्द्रमा फर्किएको दावी गरे।

यति पृष्ठभूमि बाँधेपछि श्रेष्ठले सोधे, ‘राष्ट्रिय पार्टी बन्नै नसक्ने स्थिति छ नयाँशक्तिको। सरकार बनाउनुहुन्छ? संसदमा हस्तक्षेप गर्न सक्नुहुन्छ? बिकास निर्माणको काम गर्न सक्नुहुन्छ?’

उनले ठोकुवा गरे, ‘तपाईंले केही पनि गर्न सक्नुहुन्न।’

भट्टराईलाई अर्थमन्त्री र प्रधानमन्त्री माओबादीले बनाएको बताउँदै श्रेष्ठले सोधे, ‘तपाईं एक्लैले बिकास गर्नु भएको हो भने नयाँ शक्ति पार्टी खोलेपछि के बिकास भयो ?’

उनले थपे, ‘भट्टराईलाई मन्त्री बनाएको माओबादी पार्टीले हो। प्रधानमन्त्री बनाएको बनाएको पनि माओवादीले हो। भट्टराईजी आफू एक्लैले बिकास गरेको दावी गर्दै हुनुहुन्छ, उहाँको भ्रममा कोहीपनि नपर्नुहोला ।’

भट्टराईविरुद्ध निकै आक्रोसित रुपमा प्रस्तुत भएका श्रेष्ठले गोरखाली जनताको बिकासको चाहना बामगठबन्धनले चुनावपछि दुई तिहाई सहितको सरकार बनाएपछि पुरा हुने बताए।

कार्यक्रममा गोरखा–२(क) की उमेद्वार कमला नहर्कीले कृषि, पशुपालन क्षेत्रमा क्रान्ति गर्दै जीवनस्तर उकास्ने योजना ल्याउने बताइन्।

चुनावी घरदैलोमा नेकपा माओबादी केन्द्र–एमालेका नेता, कार्यकर्ता संयुक्त रुपमा सहभागी छन्। नेपाल खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah