काठमाडौं, कात्तिक १८

नेकपा एमालेले बागी उम्मेदवार र असन्तुष्ट नेता कार्यकर्तालाई पार्टीको अनुशासन भित्र बसेर चुनावी गतिविधीमा लाग्न निर्देशन दिएको छ । पार्टी अनुशासन आयोगले आज एक विज्ञप्ती जारी गर्दै पार्टी निर्णयका विरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचनमा असहयोग गर्ने र बागी विद्रोही उम्मेदवार दिने कुरा अत्यन्त दुखद र गम्भिर भएको भन्दै ध्यानकर्षण भएको जनाएको छ ।

कतिपय कारणले महत्वपूर्ण व्यक्तिलाई पनि टिकट दिन नसकेको भन्दै आयोगका अध्यक्ष अमृत बोहोराको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “यस सन्दर्भमा विभिन्न कमरेडहरुको आ आफ्ना असहमति हुनसक्छन् । चित नबुझेका कुराहरु भन्ने र बहस गर्ने वातावरण पार्टीले बनाउने नै छ । तर यतिखेर पार्टीले उम्मेदवारको निर्णय गरिसकेपछि उनीहरुको विरुद्ध हाम्रा अहसमति र असन्तुष्टिले विपक्षीहरुलाई फाइदा पुग्ने हुँदा यसलाई मनन गर्न आम शुभेच्छुक, कार्यकर्ता र सदस्यहरुलाई आयोग आग्रह गर्दछ ।”

आयोगले यस्ता विषयमा गम्भिर ध्यानकर्षण भएको जनाउदै पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट भए पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।

विज्ञप्ती :-

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah