गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले वाम गठबन्धनको विजय पछि देशको अस्थिरता हट्ने बताएका छन् । देशको आर्थिक सम्वृद्धि र विकासका लागि अबको चुनावमा वाम गठबन्धनले दुईतिहाइ मत ल्याउनै पर्ने उनको भनाइ छ ।

प्रतिनिधि सभा निर्वाचन गुल्मी क्षेत्र  नम्बर २ का वाम गठबन्धनका उम्मेदवार समेत रहेका नेता बिष्टले वाम गठबन्धनलाई अधिनायकवाद भन्नु प्रधानमन्त्रीको अत्तालिएको अभिव्यक्ति भएको टिप्पणी समेत गरे ।जनता समाचारमा खबर रहेको छ।

आज गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटवाट चुनावि अभियान शुरु गर्दै विष्टले गुल्मेली जनताको आर्थिक समृद्धिका लागि आफु फेरि एकपटक जनप्रतिनिधि बन्न उम्मेदवार भएको बताए ।

उनले २०७३ वैशाख १८ गते आगालागिवाट सखाप भएको दजाकोटमा नमुना वस्ति निर्माण गर्न महत्वपूर्ण सहयोग रहने बताए । नेता बिष्टले सडक, शिक्षा ,स्वास्थ ,खानेपानी लगायत गुल्मीको विकास निर्माणमा आफु जनप्रतिनिधि हुँदा र नहुँदा पनि जनताकै साथमा रहेकाले आगामि दिनमा थप सकृय भएर लाग्ने  बताए ।

कुर्घा मालिका र स्वाँरा होमस्टेको विकास गरी पर्यटक भित्राउन विशेष पहल गर्ने नेता बिष्टले प्रतिबद्धता जनाए । दजाकोटको चुनावी भेला पछि नेता बिष्ट शनिबारै मालिका महोत्सवको समापन कार्यक्रममा समेत सहभागी भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah