प्रकाश योगी

बिगत २ बर्ष देखि नेपाली राजनीति मा चासो र गलत राजनितिक कार्य विरुद्ध खबरदारी गर्दै आएको 25 + युवा समूह ले प्रदेश सभा र प्रतिनिधि सभा को चुनाब नजिकिदै गर्दा बाम गठबन्धन संग कार्यगत एकता गर्ने सकिने निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस अघि कुनै पनि राजनीतिक दल लाई प्रत्यक्ष सहयोग नगरेको युवा समूह को आज बालजु मा बसेको केन्द्रिय कमिटी को बैठक ले तालमेल मिले बाम गठबन्धन संग कार्यगत एकता गर्न सकिने निर्णय गरेको छ ।सो बिषय मा बोल्दै २५+ युवा समूह का संयोजक सुरेश गिरी भन्छन : कार्यगत एकता का लागि बाम गठबन्धन संग कुरा कानी भै रहेको छ र गठबन्धन को पनि सकारात्मक बिचार भए को बताउछ्न ।

बाम गठबन्धन लाई नै किन सहयोग :युवा समूह का सचिब प्रेम क्षेत्री भन्छन : राजनीतिक ध्रुवीकरण देश र जनता को भलाइ का निम्ति जरुरि छ ।र अहिले को अबस्था मा अरु पार्टी भन्दा बाम गठबन्धन ले केही जनता का लागि काम गर्ने देखिएका ले हाम्रो कार्यगत एकता हुने सम्भावना देखिएको छ ।

आज को बैठक मा केन्द्रिय समिती संयोजक सुरेश गीरी , सचिब प्रेम क्षेत्री ,कोषाध्यक्ष अमृत गीरी सह सचिब आकाश दीप मल्ल टोखा संयोजक बिनोद नेपाली आमन्त्रित अतिथि भवानी नाथ योगी राम थापा सन्चारकर्मी प्रकाश योगी उपस्थित रहेका थिए