भरतपुर, १८ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनले गर्दा नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको बताएका छन् ।

चितवनको शिवनगरमा शनिबार बिहान आयोजित चुनावी कार्यक्रमर्लाइ सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी कन्द्र एकाएक एमालेसँग मिल्न जाँदा कांग्रेसलाई झट्का लागेको बताएका हुन् । दैनिक नेपालमा खबर रहेको छ।

‘मैले र केपी ओलीजीले नेपाली कांग्रेसका साथीहरूलाई झट्का दिएका छौँ’, उनले भने, ‘उहाँहरू पनि सचेत बन्नु पर्छ । सचेत बन्नु भएन भने नोक्सान नेपाली कांग्रेस र त्यो पार्टीका नेताहरूलाई हुन्छ ।’

नेपाली राजनीतिमा एमाले र माओवादी केन्द्र मिल्नु प्राकृतिक हुने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘कांग्रेससँग माओवादी वा एमालेले तालमेल एवम् गठबन्धन गर्नु प्राकृतिक सिद्धान्तको नियम विरुद्ध हुन्छ । एमाले र माओवादीको वाम गठबन्धन एकदमै ठीक छ ।’

एमाले र माओवादीबीच पार्टी एकीकरण गरेर दश वर्षमा मुलुक बनाउने सपना आफूले लिएको प्रचण्डले बताए ।

‘एमाले र माओवादी पार्टी एकीकरण हुन्छन् । मैले ९ महिना प्रधानमन्त्री हुँदा धेरै काम गरेको छु । दश वर्षसम्म सरकारको नेतृत्व गर्न पाएँ भने अझ कति काम गरुँला ?’, उनले भने, ‘काम गर्ने अवसर मलाई सबैले दिनु हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah