झापासँग भावनात्मकरुपमा जोडिएको छुः कार्की

वाम गठबन्धनबाट उम्मेदवार बनेका सुरेन्द्र कार्की अर्थात राम कार्की ०७० सालमा समानुपातिकतर्फबाट संसदमा निर्वाचित भएका थिए । त्यसअघि उनी ०६४ सालको निर्वाचनमा ताप्लेजुङ क्षेत्र नं. १ बाट पराजित भएका थिए ।

ओखलढुंगा पुख्र्यौली थलो भएका कार्की भूमिगतकालमा झापामा बसेका थिए । त्यसयता पनि उनको झापा आगमन बाक्लै भइरह्यो ।

‘म लामो समयसम्म पार्टीको मेची अञ्चल इञ्चार्ज भएर रहेँ । जनयुद्धअघि पनि र पछि पनि’, कार्कीले  भने, ‘मन्त्री हुनुअघिसम्म पनि म प्रदेश नं. १ को इञ्चार्ज थिएँ ।’

आफूले विवाह गरेर श्रीमती भित्र्याएको ठाउँ पनि झापाको मागुरमाणि भएको भन्दै झापासँग भावनात्मक सम्बन्ध रहेको माओवादी नेता कार्कीले  बताए ।

त्यतिबेला आफ्नो मुख्य केन्द्र झापा नै रहेको कार्की बताउँछन् । बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा कार्कीको अचल सम्पत्तिसमेत छ ।

स्थानीय चुनावको अंकगणितमा कांग्रेस पछाडि

झापा क्षेत्र नं. १ मा मेचीनगर नगरपालिकासहित भद्रपुरको वडा नं. ९, १० र बुद्धशान्ति गाउँपालिकाको वडा नं. ४, ५, ६ र ८ पर्छ । यहाँको जम्मा मतदाता सङ्ख्या १ लाख ९ हजार ६ सय ७६ छ ।

स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्दा यहाँ नेपाली कांग्रेसको २५ हजार ५ सय १ मत छ भने एमालेको २५ हजार ६३ मत छ । त्यसैगरी माओवादी केन्द्रको ९ हजार ८ सय ८८ मत छ ।

यो मतलाई आधार मान्ने हो भने झापा-१ मा बाम गठबन्धनको ३४ हजार ९ सय ५१ मत पुग्छ । राप्रपाको १ हजार ३ सय ३३ र संघीय समाजवादी फोरमको ४ सय ७० मत छ ।

यो परिणामलाई आधार मान्दा यहाँ वाम गठबन्धन ९ हजार ४ सय ५० मतले कांग्रेसभन्दा अगाडि छ ।

जित सुनिश्चित भएको आ-आफ्नै दाबी

स्थानीय चुनावको अङ्कगणित र वाम गठबन्धनपछि जनतामा आएको उत्साहले कार्कीको जित निश्चित भएको माओवादी नेताहरु बताउँछन् ।

 

 

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा मेची अञ्चलमै आफू एकमात्रै उम्मेदवार भएकाले एमाले कार्यकर्ताका लागि पनि नैतिक परीक्षाको घडी भएको राम कार्कीले अनलाइनखबरलाई बताए ।

स्थानीय चुनावको परिणामका साथै झापा जिल्ला वामपन्थीहरुको किल्ला भएकाले पनि आफ्नो जित निश्चित भएको कार्कीले बताए ।

नेपाली कांग्रेसभित्र विश्वप्रकाश शर्माको परीक्षा हुन बाँकी नै रहेको कार्कीले बताए । ‘पद नपाएको हुनाले उहाँको परीक्षा हुन बाँकी छ’, कार्कीले अनलाइनखबरसँग भने, ‘पार्टीमा पाएको पद पनि सदुपयोग भएको छैन ।’

‘पार्टीभित्र जतिबेला ५० लाख रुपैयाँ एकैचोटि दिने कुरामा होस्, चाहे नीतिमा गडबडी गर्दा होस्, सन्धी सम्झौतामा गर्दा होस्, वा कलकारखानाहरु जिम्मा लगाउँदा होस् या उद्योग धन्दा चौपट गर्दा होस् कतै उनले बोलेको सुनिँदैन’, कार्कीले विश्वप्रकाशको आलोचना गर्दै भने, ‘कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको धारमा लैजाने भन्ने नै देख्दिनँ म, त्यसैले उनी खाली झापाका हुन् ।’

गौरव पोखरेल/अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah