वाम गठबन्धन बनाएका एमाले र माओवादीले संयुक्त चुनावी अभियान सुरू गरेका छन्। पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट आइतबारदेखि अभियान सुरू भएको हो।

वामपन्थी गठबन्धनले संयुक्त चुनावी अभियान गर्ने भने पनि पहिलो कार्यक्रममा नै नेकपा माओवादीका अध्यक्ष प्रचण्ड अनुपस्थित भएका छन्।

गठबन्धनले ताप्लेजुङबाट चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।  सेतोपाटीमा खबर रहेको छ।

एमाले अध्यक्ष केपी शर्मा अोली र प्रचण्ड दुबैले सम्बोधन गर्ने कार्यक्रम खलबलिएको हो।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा एमालेका योगेश भट्टराई उम्मेद्वार छन्।

प्रचण्डले व्यवस्ताका कारण कार्यक्रममा जान नसक्ने बताएका हुन्। प्रचण्ड चितवनको कार्यक्रममा व्यस्त छन्। संयुक्त चुनावी सभामा प्रचण्ड नपुगेपछि अोलीले व्यवस्ताका कारण नआएको बताए।

‘प्रचण्डजी आउन सक्नु भएन केही फरक पर्दैन। दुइ जना आउने भन्ने थियो उहाँले भ्याउनुभएन। उहाँ आउनु भएको भए म आउँदिन थिएँ। मेरो स्वास्थ्य ठीक थिएन। उहाँ आउन नसक्ने हुनुभएपछि म आएको हुँ’, ओलीले भने, ‘कोही ठाउँमा म पुगौँला। कोही कोहीमा उहाँ पुग्नुहोला। कोही ठाउँमा हामी दुबै पुगौँला। केपी ओली आए पनि उस्तै हो भन्ने ठान्नुहोस् प्रचण्ड आए पनि उस्तो हो भन्ने ठान्नुहोस्।‘

ओलीले चुनाव अघि असन्तुष्टि थाती राख्न र गठबन्धनमा मतदानका लागि आग्रह गरे।

‘पार्टी नहेर्नुस्। एमाले भोट धेरै भए पनि थोरैका लागि खट्नुपर्‍यो भन्ने मनमा परेको होला। त्यो छाड्नुस्। हामी एउटै अभियानमा छौँ’, ओलीले भने, ‘चुनावसम्म अर्को पार्टी भन्ने बिर्सनुहोस्। चुनावपछि एउटै पार्टी बनाउँछौ कुरै छाड्दिनुहोस्।’

वाम गठबन्धनले पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला संयुक्त चुनावी सभा गर्ने जनाएको छ। ताप्लेजुङबाट सुरू भएको सभा कात्तिक २६ गते दार्चुलामा सकिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah