झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्व—पश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोडस्थित बुट्टाबारी सडक खण्डमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुने बिर्तामोड नगरपालिका ५ बुद्धनगर टोल निवासी ३० बर्षिय कुमारी मगर रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । विहान ४ बजे मर्निङ वाक गर्न घरबाट निस्किएका दुई जना महिला मध्ये मगरलाई पश्चिमबाट पूर्व तर्फ गइरहेको सवारीले ठक्कर दिएको थियो ।

सवारी ठक्करबाट गम्भिर घाइते भएकी मगरको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक बस्नतेले जानकारी दिए । ठक्कर दिने सवारीको पहिचान खुल्न नसक्दा प्रहरीलाई समस्या परेको छ । प्रहरी टोली अहिले ठक्कर दिने सवारीको खोजी कार्य गरिरहेको उनले बताए ।

पैनीमा डुबेर शिशुको मृत्यु
पैनीमा डुबेर झापाको मेचीनगरमा एक शिशुको मृत्यु भएको छ । मेचीनगर नगरपालिका ७ सतिघट्टा बस्ने पदम निरौलाको १७ महिनाको छोरा प्रनिष निरौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खेल्ने क्रममा घर नजिकै रहेको पैनीमा निरौला डुबेको अवस्थामा परिवारजनले फेला पारेका थिए । पैनीमा डुबेर गम्भिर घाइते भएका निरौलालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएपनि उनको उपचारको क्रममै मृत्यु भएको झापाका प्रहरी उपरिक्षक बिष्णुकुमार केसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah