प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि दलहरुले उम्मेदवार दैर्ता गरिसकेको छ ।  भने घोषणा पत्र सार्वजनिक गर्ने क्रम रहेको छ । यसैबीच हाँस्य कलाकार जितु नेपालले २१ बुँदे फेसबुक घोषणापत्र सार्वजनिक गरेका छन् ।

फेसबुकमा आफुले गर्ने र नगर्ने कामहरुलाई छुट्याएर जितुले २१ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा २४ सै घण्टा मोवाईलमा नघोप्टनेदेखी अरुलाई गाली गरेर आफु सज्जन नबनेसम्म रहेको छ ।

जितुको २१ बुँदे फेसबुक घोषणापत्र

  1. जीवनका महत्त्वपूर्ण समयलाई २४ सै घण्टा घोप्टो मुन्टो लगायर मेबाईलमात्रै हेरेर चॉडै ऑखाको दृष्टि गुमाउन तिर न लाग्ने ।
  2.  फेसबुक चलाउने समय निर्धारण गर्ने ।
  3.  साथीभाई सँग बस्दा गफगाफमा ध्यान दिने घोप्टो मुन्टो लायर को आको को गाको थाहै नहुने गरी न झुन्डिने ।
  4. कुनै कार्यलय, होटेल रेष्टुरेन्टमा गयर सब भन्दा पहिला बाइ- फाईको पासवर्ड न माग्ने ।
  5. घरभित्र प्रवेश गरेपछि परिवारलाई समय दिने ।
  6. अरूलाई अनावश्यक म्यासेज न पठाउने, र यो सेर गर्देउ र उ सेर गर्देउ भनेर दु:ख नदिने ।
  7. यो म्यासेज तपॉईले पढेर कम्तीमा पनि २५/३० जनालाई पठॉउनु होला भन्नेका म्यासेज देख्ने बित्तिकै डिलीट गर्ने ।
  8. समय सान्दर्भिक, बेला बेलामा आफ्ना कुरा लेख्ने अनावश्यक कुरा लेखेर गाली खानी कॉम नगर्ने
  9. अरूले लेखेको कुरा लेखेर, कपी पेष्ट भनेर बिद्वान हुन न खोज्ने ।
  10. अति नै सान्दर्भिक , सन्देश र चेतना मूलक कुराहरू बाहेक घरी घरी जे पायो त्यही सेर न गर्ने ।
  11.  बिहॉन ६ बजै नै उठेर ओछ्यामै स्टाटस लेखेर प्रवचन नदिने ।
  12. अरूलाई गाली गरेर आफू सज्जन बन्न न खोज्ने।
  13. आफ्ना फ्रेण्ड शुभ चिन्तक फलोअर्सहरूलाई भ्यायसम्म जन्नदिन लगायतका सुभकार्यमा  म्यासेज कमेन्ट मार्फत बधाई तथा शुभकामना व्यक्त गर्ने ।
  14.  खाना खाको,पेट दुखेको ,निन्द्रा न लागेको,बुढिसंग झगडा परेको,दिक्क भएको वाक्कलागेका कुरा राखेर अरूलाई दिक्क न पार्ने।
  15. मान्छे मरेका, बिरामी भएका, दुर्घटनामा परेका हरूका फोटो लाईक नगर्ने कमेन्टमा दुख व्यक्त गर्ने ।
  16. मासु काटेको, खसी काटेको, कुखुरा भुत्ल्यायको, मासु पकाउदै गरेको रक्सी खॉदै गरेका फोटो लाई, लाईक र कमेन्ट केही नगर्ने।
  17. जो सँग पनि भेट्यो कि धुतुनो चुच्चो पारेर सेल्फि खिचेर राखी न हाल्ने ।
  18. ओछ्यानमा पल्टियर फेसबुक चलायर १२/१ बजे सुतेर बिहॉन ९/१० बजे उठेर ब्यूउझने बित्तिकै फेरी मोबाइल समातेरै ट्वाईलेट नजाने ।
  19. धेरै कुरामा जान्ने सुन्ने भयर हर कुराको विश्लेषक नबन्ने ।
  20.  राजनीतिक कुरामा खासै ध्यान न दिने ।
  21. सकिन्छ आफ्नै व्यक्तिगत सहयोग गर्ने र त्यसको जानकारी सम्म दिने,तर अरू सँग पैसा मागेर अरूलाई नै सहयोग गरेको फोटो राखेर धेरै ठुलो समाज सेवीको पहिचान बनाउन नखोज्ने। नयाँपेज बाट साभर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah