मनाङमा पहिलो चरणमा मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ। तर विगतभन्दा यसपालि यहाँको निर्वाचन वातावरण फरक रहेको छ। आपराधिक पृष्ठभूमिबाट आएका दीपक मनाङे (राजीव गुरुङ) प्रदेशसभाका लागि उम्मेदवार भएका छन्।मनाङमा पहिलो चरणमा मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ। तर विगतभन्दा यसपालि यहाँको निर्वाचन वातावरण फरक रहेको छ। आपराधिक पृष्ठभूमिबाट आएका दीपक मनाङे (राजीव गुरुङ) प्रदेशसभाका लागि उम्मेदवार भएका छन्।

गएको महिना नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग टीका लगाएर उनी पार्टी प्रवेश गरेका थिए। पक्राउ पर्दै छुट्दै गरेका उनी राप्रपा छाडेर एमालेमा प्रवेश गरेका हुन्। सांसद बन्ने महत्वाकांक्षाले एमाले छिरेको भए पनि पार्टीले टिकट नदिएपछि उनले मनाङमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्। नेपाली राजनीतिको विडम्बना, आपराधिक क्रियाकलापबाट जोगिन ठूला पार्टीको छहारीमा रहेका गुण्डाहरु यतिबेला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट पाउने हैसियतसम्म पुगेका छन्।

सबैभन्दा कम जनसंख्या रहेको मनाङमा प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र छ भने प्रदेशसभाका लागि दुई क्षेत्र निर्धारण गरिएको छ। उनी प्रदेशसभाको ‘ख’ बाट स्वतन्त्र रुपमा चुनाव भिड्दैछन्। एमालेकी खण्डा गुरुङले उम्मेदवारी फिर्ता लिइसकेकाले उनको प्रतिस्पर्धा अब कांग्रेसका कर्मा गुरुङसँग हुनेछ। निर्वाचन तयारीका विषयमा दीपक मनाङेसँग दुर्गा दुलालले गरेको कुराकानी: (नेपाल लाइभ)

चुनाव प्रचार अभियान कस्तो हुँदैछ? 

प्रचार अभियान जोडदार रुपमा चलेको छ। म हरेक वडाका गाउँमा पुग्ने प्रयासमा छु। सबै गाउँलेलाई भेटेर मत मागिरहेको छु। तर यहाँको चुनाव प्रचार अभियान फरक रहेछ। म दिउँसो प्रचार गर्दै भोट मागेर हिँडिरहेको छु, कांग्रेसका उम्मेदवारहरु भने रातमा पैसाको झोला बोकेर हिँड्दा रहेछन्। म रातमा बियर खाएर हिँड्ने समय उनीहरु प्रचारमा हिँडिरहेका भेटिन्छन्।

तपाईंलाई नै जनताले किन भोट दिने? 

म मनाङमा जन्मेको मान्छे। मनाङका जनताले मनाङेलाई भोट नदिएर कसलाई दिन्छन् त?  नेवारलाई दिने, बाहुनलाई दिने कुरा आएन। मनाङेलाई नै दिनुपर्‍यो नि।

मतदाताको राय चाहिँ के छ? 

मतदाताहरु स्थिर भएको पाएको छु मैले। म चुनाव लड्ने भनेर यहाँ आएपछि उत्साही भएको पाएको छु। म विगतमा बाहिर बाहिर समाजसेवा गर्दै आएको थिएँ अब आफ्नै जिल्लामा सेवा गर्न आएको हुँ। मलाई निर्वाचन लड्ने सोच थिएन तर जिल्लामा आएपछि यस्तो सोच बन्यो। राजनीति भनेको समाजसेवा हो, त्यही गर्न म यहाँ आएको हुँ।
यहाँका जनता एकदम सिधा भएको पाएँ। उनीहरुलाई पार्टी र सिद्धान्त केही थाहा छैन। जसले जे भन्छ, त्यही पत्याउने खालका सोझा भएको मैले पाएको छु। अब यी सिधा जनतालाई झुक्याएर निर्वाचन जित्ने दिन सकिए भनेर मैले बुझाएको छु। यहाँ अहिले जसले काम गर्छ, उसलाई भोट दिने विचारमा मानिसहरु बसेका रहेछन्।

यसअघि तपाईंलाई गुण्डा भन्थे नि, अहिले तपाईं को हो?

म वितगदेखि नै आत्मसम्मानका लागि लड्दै आएको मानिस हो। यहाँ एयरपोर्ट बेचेर खाने मानिस छन्। सबैभन्दा ठूलो अपराध त्यो हो। आत्मसम्मानका लागि अरु लड्न सक्नुपर्यो नि। मैले आत्मसम्मानका लागि लडेको हो। यसो गर्दा डन भइन्छ भने म डन नै हो।

चुनाव जितेर के गर्नुहुन्छ?

 चुनाव जितेर धेरै गर्ने मेरो सोच छैन। म जिल्लाको सेवा गर्न आएको हुँ। कसरी सेवा हुन्छ, त्यही गर्ने हो। यहाँका जनताको धेरै गुनासो रहेको पाएको छु। यहाँका जनतालाई भगवानले बचाएका रहेछन्। यहाँ सरकारको उपस्थिति देखिनँ मैले। लामो समय कांग्रेसले शासन गर्योय तर केही गरेको रहेनछ। अब म केही गर्ने सोचका साथ आएको छु। मेरो परिवार र आफन्तको नेटवर्कका कारण सफल हुने विश्वास छ।

कति मतले जित्नुहुन्छ? 

म यस क्षेत्रवाट स्वतन्त्र लडेका हुँदा यति नै मतले जित्छु भनेर दाबी गर्दिनँ। राजनीति भनेको अनुमान गर्ने मात्रै रहेछ। लामो समय गरेको अनुभव नभएकाले म यसै भन्न सक्ने अवस्थामा  छैन।

यदि तपाईं विजयी हुनुभयो भने केही योजनाबारे सोच्नुभएको छ?

यहाँ धेरै सम्भावना मैले देखेको छैन। दुई वट कुरा गर्ने मेरो सोच छ। एउटा, पर्यटक विकास गर्ने हो। अर्को हाइड्रोपारमा म केही गर्छु। यो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा चिनिएकाले अझ विस्तृत रुपमा योजनाबद्ध विकास गरिनुपर्छ । जलविद्युत्तमा यहाँ धेरै सम्भावना छ। रसुवाभन्दा ठूला योजना यहाँ सञ्चालन गर्न सकिने सम्भावना मैले देखेको छु। त्यसका लागि मसँग केही योजना छन्।

समाजसेवाका क्षेत्रमा के गर्ने सोच छ?

 यहाँ जम्मा ६ हजार मानिस भएको ठाउँ हो। स्वास्थ्य र शिक्षामा केही गर्नुपर्ने देखिएको छ। शिक्षा पहिलो प्राथमिकता हुनुपर्छ। यहाँका सबै बच्चाहरु पोखरा र काठमाडौंमा पढ्ने रैछन्। त्यसका लागि मैले केही योजना बनाएको छु। चार सय मानिस मिलेर दुई थान हेलिकोप्टर किनेर पर्यटक र बिरामीका लागि प्रयोग गर्ने सोच बनाएको छु। एम्बुलेन्स चलाएर सम्भावना रहेनछ। बिरामीलाई सस्तोमा र पर्यटकलाई सेवा दिने हो भने यहाँको विकास हुन्छ। मेरो लक्ष्य पनि त्यही हो। म तीन महिना रक्सी नखाएर मनाङका जनताको सेवा गर्छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah