जनकपुरः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले धनुषा क्षेत्र नं ३ बाट आफूले चुनाव जित्ने दावी गरेका छन्।

नेपाली कांग्रेसका तर्फबाट उनका प्रतिस्पर्धी रहेका बिमलेन्द्र निधिलाई फराकिलो अन्तरले चुनावमा पराजित गर्ने महतोले दावी गरे। सञ्चारकर्मीसंग उनले भने, ‘यस पटक निधिलाई हराएर मधेशका जनताले सबक सिकाउने छन्।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले चुनावलाई आन्दोलनकै रुपमा लिएको बताए।

अन्नपूर्ण पोस्ट बाट