केपी ओली र प्रचण्डले मंसिर २ गते झापा आउदै, यस्ताछन् संयुक्त कार्यक्रम

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउदो कार्तिक २ गते झापा आउनु हुने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाम गठबन्धको तर्फबाट संयुक्त कार्यक्रमलाइ सम्बोधन गर्न दुबै नेताका कार्यक्रमहरु तय भएकाछन् । ओलीका स्वकीय सचिब अनिश दाहालका अनुसार २ गते झापाको क्षेत्र नं. १ को काकडभिट्टामा र ३ गते दमकमा संयुक्त आमसभाको कार्यक्रम निश्चित भएको छ ।

यसैबीच ओली शुक्रबार झापा आउदै हुनुहुन्छ । उहाँ लगातर ५ दिनसम्म झापा रहने कार्यक्रम रहेको जनाईएको छ । उहाँले जिल्लाभरका चुनावी सभाहरुलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

ओलीका स्वकीय सचिब अनिश दाहालका अनुसार ओली र प्रचण्डले पहिलो चरणमा संयुक्त रुपमा यि स्थानमा सम्बोधन गर्दैछन् ।

कार्तिक २९ —गोरखा

कार्तिक ३० —बाग्लुङ/स्यांजा

मंसिर २—दमक

मंसिर ३—काकरभिट्टा

मंसिर ३—विराटचोक मोरङ

मंसिर ५—चितवन

मंसिर ६—वुटवल/ दाङ

मंसिर ७ —सुर्खेत /दैलेख

मंसिर ८—कैलाली/कंचनपुर

मंसिर ९—पोखरा