सवालनेपाल डेक्स

दमक/बिर्तामोडको गोली काण्डमा बिबादित बनेका इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी नायब उपरीक्षक राजकुमार सिलवाललाई बिभागिय कार्वाही भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गृहमन्त्रालयले सिलवाललाई झापाबाट प्रहरी विभागमा जगेडामा सरुवा गरेको श्रोतले बताएको छ। उनको स्थानमा अर्का प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइराला काजमा आउने भएकाछन् ।

गत असोज १३ गते अर्जुनधारा– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटी रहस्यमय मृत्युको बिषयमा चासो नदिएको सिलवाललाइ आरोप रहेको थियो । त्यहि बिषयमा बिर्तामोडमा गोली चल्दा एकजनाको मृत्यु र दर्जनौ घाइते भएका थिए ।

गृह मन्त्रालयले घटनाको छानविनका लागि सहसचिव वीरेन्द्र यादवको संयोजकत्वमा चार सदस्य उच्चस्तरीय छानविन समिति गठन गरेको र प्रतिबेदन पेस गर्न दिएको समय बित्नसाथ उनलाइ भएको बिभागिय कार्वाही भएको पाइएको छ ।