२३ कात्तिक– नेपालको सबैभन्दा पुरानो दल नेपाल प्रजा परिषद् एमालेमा समाहित भएको छ । बिहीवार विहान चावहिलमा एमाले मजदूर विशेष कमिटीले आयोजना गरेको कार्यक्रममा उक्त पार्टीका ३५ जिल्लाका शाखा सहित केन्द्रीय समिति एमालेमा समाहित भएको घोषणा गरिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रजा परिषदका अध्यक्ष गोविन्दप्रसाद दुलाललाई एमालेमा स्वागत गर्नुभएको हो ।
राणा शासन विरुद्ध संघर्ष गर्न टंकप्रसाद आचार्यको अध्यक्षतामा १९९६ मा प्रजापरिषदको स्थापना भएको थियो । राणा शासनको अन्त्यपछि कमजोर हुँदै आएको प्रजापरिषदलाई विभिन्न नेताहरुले नेतृत्व प्रदान गरेका थिए ।
कांग्रेसका संस्थापक नेताहरु र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेताहरुले पार्टी खुल्नुअघि प्रजापरिषदमा संगठित भएर राणा विरोधी संघर्ष गरेका थिए ।



