माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले आज देशभर ७५३ वटै स्थानीय तहमा विभिन्न शैक्षिक माग राख्दै ज्ञापनपत्र वुझाएको छ। अधिकार सम्पन्न स्थानीय तह वनेपछि क्रान्तिकारीले पुर्व निर्धारित कार्यक्रम अनुसार आज देशभरका सवै स्थानीय तहमा ज्ञापनपत्र वुझाएको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।

ज्ञापनपत्रमा संविधानमा नागरिकको मौलिक हकको रुपमा लिपिवद्ध भएको शिक्षा,स्वास्थ्य र रोजगारको हकलाई कार्यान्वयन गर्ने दिशामा अग्रसर हुने मागलाई प्रमुखताका साथ उठाइएको छ।आधरभुत तहको शिक्षा निशुल्क र अनिवार्य हुनुपर्ने संवैधानिक ब्यवस्था लागू गर्न पनि ज्ञापनपत्रमा जोड दिइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्रान्तिकारीले आज देशभरका महानगरपालिका, उपमहानगरपालिका ,नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई स्थानीय स्तरवाट ज्ञापनपत्र वुझाएको हो। १० वुंदे ज्ञापनपत्रमा सार्वजनिक शिक्षाको स्तरोन्नतिका लागि पर्याप्त वजेट छुट्टाउनु पर्ने, प्राथमिक तहमा मातृभाषामा विद्यालय खोलिनुपर्ने,१०% विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने,विपन्न विद्यार्थीका लागि आवास र खाद्यको वन्दवस्ती गर्नुपर्ने लगायतका माग समेटेको छ।

काठमाडौं महानगरपालिकामा क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको नेतृत्वमा महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र वुझाएको क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्ष कृष्ण थापाले जनाए।