योगेश दाई !
नमस्ते ! !
भेट नभएको पनि धेरै भयो । फोन सम्पर्क पनि हुन छाड्यो । सामाजिक सञ्जालमा तपाईलाई पछ्याउँदै छु । तपाईका अधिकांश पोष्टमा लाइक र  कतिपयमा डिस्लाइक पनि गर्दै आएको छु । विशेषतः नेपाली राजनीतिमा युवाहरुको महत्वको विषयमा तपाइँको धारणा मलाई राम्रो लाग्छ । राजनीतिप्रति युवापुस्तालाई आशावादी बनाउने तपाई र तपाईजस्ता अन्य पार्टीका युवा नेताहरुलाई धेरै–धेरै धन्यवाद !

तपाई प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङ जिल्लाबाट उम्मेद्वार बनेको खबर प्राप्त गर्दा खुसी लाग्यो । तपाई जिल्ला र जिल्लावासीको सपना पूरा गर्ने अभियानमा गाउँबस्ती पस्नुभएको छ । त्यसैले यही पत्रमार्फत बधाई स्वीकार गर्नुहोला योगेश दाई । उम्मेद्वार त धेरै बन्छन्, तर तपाईँको उम्मेदवारीको विशेष पक्ष छ । तपाईँसँग जिल्लाको आशा र भरोसा त छ नै, त्यो भन्दा धेरै सिंगो देश नै तपाईप्रति आशावादी छ ।छलफल ड्ट कम मा खबर रहेको छ।

त्यसैले, तपाईलाई विशेष तर अनौपचारिक शुभकामना दिँदै छु ।  तपाईले टिकट पाउनुभएकोले मात्र होइन । पाउनुपर्ने मान्छेले पाएकोले पनि बधाई तथा शुभकामना दिएको हुँ ।  टिकट नपाउनेहरु सबै कमजोर वा गलत भन्न खोजेको होइन । तर, जिल्लामा एउटा मात्र सिट रहेकोले तपाईसँग जिल्लाको ठूलो भरोसा रहेको छ । अब हाम्रो जिल्लाको नेता तपाईनै हुनुहुन्छ । तपाईको पार्टीले गरेको निर्णयले तपाई, जिल्लावासी र हामी सबै जनताको अहित हुनेछैन भन्नेमा विश्वस्त छु ।

तपाईजस्ता राजनीतिका उर्वर युवाहरुलाई मेरो बधाई छ । मेरो इच्छाको केन्द्रमा टपटेन युवाहरुको लिस्ट छ । त्यो लिस्टमा विभिन्न पार्टीका युवाहरु छन् । तीमध्ये तपाई अगाडि नै हुनुहुन्छ । त्यसैले पनि तपाईप्रति आशा,भरोसा र विश्वास झनै अग्लो रहेको छ ।

जिल्लावासी भएकोले मात्र होइन, विद्यार्थीकालमा मेरो नेता भएकोले मात्र होइन,लामो समयको मित्रताको कारणले मात्रै पनि होइन, तपाईको जित जिल्लावासी, युवाशक्ति र सिंगो देशका लागि आवश्यक रहेको छ । शुभकामना यो अर्थमा दिन चाहान्छु ।

मलाई अझै याद छ, २०४५ सालको घटना । म पद्मोदय स्कुलमा पढ्थें ।  भारतीय नाकाबन्दीको विरोधमा आरआर क्याम्पस अगाडि तपाईले गरेको क्रान्तिकारी भाषण । भर्खर झापाबाट आएको एक किशोर अर्थात मलाई तपाईको त्यो भाषणले निकै प्रभावित पारेको थियो ।

२०४६ सालको जनआन्दोलनमा पनि तपाईहरुकै पछिपछि लुखुलुखुर हिँड्नेदेखि २०६२ सालको आन्दोलनमा विभिन्न स्थानमा सहकार्य गर्दै हिँडेको हिजैजस्तो लाग्छ । यसरी नजिकबाट चिनेको साथीले राष्ट्रको नीति निर्माणको तहमा पुग्नु देशकै हितमा हुन्छ । देशले तपाईजस्ता ऊर्जावान, व्यवहारिक र सैद्धान्तिक रुपमा पनि अब्बल युवा खोजिरहेको छ ।  पुनः बधाई तथा शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah