काठमाडौं : त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्प नजिकै रहेको एक मोटरसाइकल ग्यारेजमा बिहीबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

बाराको कलैया नगरपालिका ३ घर भएका २० वर्षीय मुस्लिम मियाँको मृत्यु भएको हो। उनी ग्यारेजको सञ्चालक रहेको प्रहरीले जनाएको छ। आगलागीमा परी अर्का एक जना घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको काठमाडौं प्रहरी परिसर प्रवक्ता रामदत्त जोशीले जानकारी दिए। अन्नपूर्ण पोस्टमा खबर रहेको छ।

पेट्रोल पम्प र उक्त ग्यारेज १०-१५ मिटरको मात्र दुरीमा थिए। ‘आगालागी सुरु भएलगत्तै नियन्त्रणको काम सुरु भएकाले ठूलो क्षति हुन नपाएको प्रहरीको भनाइ छ। नजिकै पेट्रोल पम्प रहेकाले ठूलो क्षति हुन सक्थ्यो’, प्रवक्ता जोशीले भने।

साँझ साढे ७ बजे आगलागी नियन्त्रणमा आएको थियो। दुईवटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो। प्रहरीले पावर सट भएका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah