एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य परीक्षण झापामा एकैपटक गरिने भएको छ । बिर्तामोडमा मंसिर २ गतेदेखि आयोजना हुन लागेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा ओली र प्रचण्डको स्वास्थ्य जाँच गरिने भएको हो ।

बिर्तामोडको बी एण्ड सी टिचिङ हस्पिटलले मंसिर २ देखि ८ गतेसम्म ६ दिन महोत्सव सञ्चालन गर्ने भएको छ । हस्पिटलले विहिबार पत्रकार सम्मेलन गर्दै महोत्सवको उद्घाटन एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले संयुक्त रुपमा गर्ने जनाएको हो । ईनया पत्रीकामा खबर रहेको छ।

स्वास्थ्य महोत्सव उद्घाटनका दिन दुबै नेताको एमआरआई गर्ने आफूहरुको लक्ष्य रहेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए । हस्पिटलमा अत्याधुनिक प्रविधिका उपकरण भएकाले दुबै नेताको शरीर पूरै जाँच गर्ने आफ्नो उद्देश्य रहेको प्रसाईंले सुनाए । ‘महोत्सवले मेची अञ्चलबासीलाई फाइदा पुग्नेछ,’ हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले भने, ‘महोत्सवमा १० हजार जनाले स्वास्थ्य सेवा लिने हाम्रो अपेक्षा छ ।’ स्वास्थ्य महोत्सवका अवसरमा हस्पिटलले सिटी स्क्यान, एमआरआई, रेडियोलोजी लगायतमा १५ प्रतिशत छुट दिने जनाएको छ ।

ल्याबमा र शल्यक्रियामा २० प्रतिशत, औषधि खरिदमा १० प्रतिशत र ओपीडी निःशुल्क गरिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । महोत्सवमा विभिन्न स्थानबाट स्वास्थ्य क्षेत्रका विज्ञहरु आउने जनाइएको छ । बी एण्ड सी हस्पिटलमा रहेका विभिन्न रोगका ८२ जना डाक्टरले पनि महोत्सवमा सेवा पु¥याउने छन् ।

महोत्सव सम्पन्न गर्नका लागि २ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रसाईंले बताए । ‘महोत्सवमा स्वास्थ्य जाँच गराउन आउन चाहनेहरुका लागि निःशुल्क यातायातको सुविधा छ,’ प्रसाईंले भने, ‘त्यस अवधिमा नाम टिपाउनेले पछि पनि सेवा लिन सक्नेछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah