उम्मेदवारको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको हो ।

चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथी सडकमाथिबाट बम प्रहार भएको हो । सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको थियो । शर्मा चढेको गाडीको अघिल्तिर परेको एउटा बम पड्केन भने अर्को पड्केको थियो । पड्केको पनि धुलोमा परेका कारण धेरै असर गरेन । ‘बम फालिएको सडक धुलाम्य थियो, फालिएको एउटा पड्केन, पड्केको पनि धुलोमा परेका कारण खासै असर गरेन’ प्रचार टोलीका एक सदस्यले कान्तिपुरसँग भने ।

 

उम्मेदवार शर्माले आफ्नै गाडीलाई लक्षित गरी बम प्रहार गरेको बताए । ‘मेरै गाडीलाई लक्षित गरी बम प्रहार गरिएको थियो, सेक्युरीटीको पहलकदमीको कारण क्षति हुन पाएन’ शर्माले भने । कसैबाट परिचालित मान्छेले त्यस्तो हर्कत गरेको उनको भनाई छ । प्रहरीले निर्वाचन विरोधी समूहको काम रहेको बताएको छ ।

‘अहिले केही खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले भने,  ‘त्यसमा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको छ ।’ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ । केही दिन अघि नेकपाकै कार्यकर्ताले शर्माकै घरमा कालो व्यानर राखेका थिए । उक्त टोलीमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यतर्फ ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा, माओवादीको तर्फबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार चन्द्रबहादुर विक, प्रदेशसभा सदस्य विमला केसी, एमालेको तर्फबाट प्रदेशसभा तर्फकी समानुपातिक उम्मेदवार देवी ओली लगायत एमाले तथा माओवादीका नेताहरु पनि थिए ।

 

यसैबीच उम्मेदवार शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी भएको बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)ले विरोध गरेको छ । एक विज्ञप्ती जारी गरी समितिले उम्मेदवारलाई लक्षित गरी बम प्रहार गर्नु देशको विकास र समृद्धिको विरुद्ध भएको बताएको छ । प्रमुख नेता राजकुमार शर्मा र शेरबहादुर केसीले सयुंक्त रुपमा विज्ञप्ती जारी गरी निर्वाचन विरोधी गतिविधि तथा उम्मेदवारलाई नै लक्षित गरी बम प्रहार गर्ने दोषी उपर कारबाहीको माग गरिएको छ ।

कान्तिपुरअन्लाइन बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah