बिष्णुप्रसाद पोखरेल दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा गठबन्धनका उम्मेदवारले हार्नु नहुने र नहार्ने बताएकाछन् । उनले आफ्नो पार्टी नेकपा एमाले काँग्रेसजस्ता एउटा कुरो बाहिर अर्को कुरा भित्र नगर्ने भन्दै सबै गठबन्धनका उम्मेदवारहरुलाइ जिताउन कार्यकर्ताहरुलाइ आग्रह गरे ।
झापाको क्षेत्र नं. ३ को चुनावीसभालाइ सम्बोधन गर्दै ओलीले यस क्षेत्रमा सिटौलालाइ आफ्नै पार्टीका नेता पुष्प पोखरेलले हराएर धुलो चटाएको भन्दै अब गठबन्धनका उम्मेदवार राजेन्द्र लिङ्देनले शानदार रुपमा जित्ने दाबी गरे ।
उनले लिङ्देनलाइ बधाइ समेत दिए । उनले भने–‘गठबन्धनको उम्मेदवार बनेर लिङ्देनले हार्नु भनेको एमाले र माओबादी केन्द्रलाइ लाजमर्दो हुनु हो ।’ गठबन्धन भएपछि त्यसलाइ कुनै पनि हालतमा निर्वाह गर्नु पर्ने भन्दै एमाले र माओबादी बाट बेइमान हुनै नसक्ने जिकिर गरे ।
उनले आफू लिङ्देनको बिकासका योजना सुनेर प्रभावित भएको भन्दै झापाको गठबन्धनमाथि कसैले प्रश्न नउठाउने गरी निर्वाचनमा जवाफ आफै जनताले दिने जनाए । ओलीले झापाका सबै क्षेत्र अधिक मतले जित्ने घोषणा गरे । उनले आफूहरुले मूलकलाइ नयाँ युगमा प्रवेस गराउने घोषणा पनि दोर्याए ।
ओलीले रेलमार्गको कुरा गर्दा खिस्स हास्नेहरु अहिले पत्याउन थालेको भन्दै महासगरमा नेपालको पानी जहाज आफूहरुले कुदाएरै छाड्ने अर्को घोषणा पनि गरे । उनले भने, हामी महासागरमा पानी जहाज कुदाउछौ कुदाउछौ ।आफू प्रधानमन्त्री भएर पहिलो पटक झापा आउदा यहिबाट देशलाइ आधारभूत रुपमा एकबर्षभित्रमा लोडसेडिङमुक्त गर्ने, पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि काम शुरु गर्ने, बिकास र सम्बृद्धिको लागि जनलहर ल्याउने बताएको भन्दै त्यस समय खस्सि गर्नेहरु आफैले अहिले आफ्नो घोषणापत्रमा त्यहि कुरा राखेको ओलीले जनाए ।
उनले अब मूलक गरिबीबाट मुक्त हुने, धुलौटे सडकहरु स्तरउन्नती भएर कालोपीच बन्ने, बरोजगार युवाहरु लाम लागेर रोजगारका लागि बिदेश जानु पर्ने बाध्यताको अन्त्य गरि छाड्ने प्रतिबद्धता जनाए ।
बाम गठबन्धन पार्टी एकताका लागि भएको भन्दै अब मूलक नयाँ युगमा प्रवेस गर्ने र जनताको अग्रगमनको सपना पुरा हुने ओलीले बताए । कार्यक्रममा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन, नेकपा एमालेका नेता अग्नि खरेल लगायतले बोलेका थिए ।










