काठमाडौं, २४ कात्तिक । बाम गठबन्धनको भागवण्डामा एमालेको भागमा काठमाडौंमा ७ वटा निर्वाचन क्षेत्र छ । जसमध्ये प्रतिनिधिसभातर्फ काठमाडौंमा २,५ र ७ पक्का जित्ने एमाले विश्लेषण रहेको स्रोतको दाबी छ ।

काठमाडौं २ मा माधव नेपाल, ५ मा ईश्वर पोख्रेल र ७ मा रामवीर मानन्धर जित्ने उम्मेदवार भएको उसको विश्लेषण छ । नेपाल र मानन्धर यसअघि पनि ती क्षेत्रबाट निर्वाचित भएका थिए । दैनिक नेपालमा खबर रहेको छ्।

त्यस्तै काठमाडौं ३ मा कृष्ण राई उम्मेदवार छन् । यसअघि एमालेकै रामेश्वर फुयाँलले जितेको सो क्षेत्रमा राईलाई पनि जित्ने सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

यसअघि काठमाडौं ५ मा जितेका नरहरी आचार्य यसपटक उम्मेदवार नभएकाले पोख्रेलले जित्ने उसको दाबी छ । काठमाडौँ ५ मा उठेका डा. प्रकाशशरण महतलाई ‘टुरिष्ट’ उम्मेदवार भन्दै काँग्रेसका क्षेत्रीय नेताहरुले नै बिरोध गर्दै आएको बताइएको छ ।

चुनावी अभियानलाई व्यवस्थित बनाउन सक्दा काठमाडौँ ४, ६, ९ र १० पनि जितिने एमालेको विश्लेषण छ । काठमाडौँका १० सिटमध्ये कम्तीमा ८ सिट जित्ने वाम गठबन्धनको लक्ष्य छ । त्यसका लागि वाम गठबन्धनले भित्रभित्रै तयारी थालिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah