नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस लोकतान्त्रिक पार्टी नभएर दक्षिणपन्ती र प्रतिक्रियाबादी पार्टी भएको आरोप लगाएका छन् भद्रपुरमा आयोजित झापा क्षेत्र नम्बर ३ को चुनाव प्रचारप्रसारसँगै अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले काँग्रेस पार्टीलाई त्यस्तो संज्ञा दिएका हुन् । अध्यक्ष ओलीले लोकतन्त्र, देशभक्त, प्रगतिशिल गठबन्धन पार्टी काँग्रेस होइन, एमाले भनेर दावी गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले काँग्रेसले सरकारमा रहेर इतिहास देखि हालसम्म देशको लागि कुनै काम नगरेको आरोप लगाउँर्दै अबको राजनीति भनेको इमान र संकल्पको भएकोले त्यसको क्षमता काँग्रेस पार्टीसँग नभएको उल्लेख गरे । अव देशमा शान्ति र स्थायित्व सरकारको लागि एमालेको आवश्यक्ता रहेको बताउदै निर्वाचन लगत्तै एमाले र माओवादी केन्द्रविच पार्टी एकता हुनेमा कुनै संखा नरहेको प्रस्टाए ।

झापा जिल्लामा एमाले र माओवादीको वामसंग राप्रपाले चुनावी तालमेलसहितको गठबन्धन गरिसकेकोले झापा जिल्लामा एमालेको जीत निश्चित रहेको उनले दावी गरे । उनले वाम पार्टीसंग झापामा राप्रपासँग गठबन्धन भएर पनि झापा क्षेत्र ३ हार्नु लज्जाजन हुने भन्दै पार्टी कार्यकर्ता अलमलमा नपर्ने आग्रह गरे । साथै उनले मञ्चबाटै झापा ३ मा वाम गठबन्धनसँग सहकार्यमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई विजयीको अग्रिम शुभकामना समेत दिए ।

वाम गठबन्धनले यस चुनावमा फेल खाए सवै दलले लज्जासपद हुने मात्र नभई देशलाई घाटा हुने भएकोले वाम सहमतिको पालना गर्न सवै कार्यकर्ताको ध्यानकेन्द्रित गराएका थिए । देशको उन्नती र प्रगतिको लागि वाच्ने मानिस बेग्लै धातुले बनेकोले मतदानमा विचार पुर्याउन कार्यकर्तासहित सबै मतदातलाई उनले अनुरोध गरेका छन् । त्यस्तै झापा ३ का प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र लिङदेन आफु विरुद्ध काँग्रेसले गलत प्रचार गरेको भन्दै चर्को आलोचना गरेका थिए । लिङदेनले मैले जितेमा राजासंस्था फर्किन्छ भन्दै काँग्रेस प्रचारकै भरमा राजसंस्था फर्किनु दीवा सपना भएको बताए ।

यो क्षेत्रमा २० वर्ष सम्म काँग्रेसले गर्न नसकेको काम सवै पार्टीलाई मिलाएर पाँच वर्षभित्र सम्पन्न गर्न नसकेमा राजनीतिक क्षेत्रबाटै सन्यास लिने उदोघाष गरेका छन् । झापा क्षेत्र नम्बर ३ प्रचारप्रसार समितिका अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षतमा भएको कार्यक्रममा एमालेका पोलिट व्युरो सदस्य अग्नि खरेल, माओवादी केन्द्रका नेता रामनारायण विडारी, झापा क्षेत्र ३ प्रदेशसभा तर्फका उम्मेदवार (क) का बसन्त बानियाँ र (ख) का पूर्णसिंह राजवंशीले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah